काँग्रेसि उद्योगी उमेदवार विश्व कै नवधनाड्य विनोद चाैधरिकाे घरमा कालाे ब्यानर

अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) युवा जनस्वयमसेवक नेपाल,नवलपरासीले विश्व कै प्रख्यात नेपाली धनाड्य विनोद चाैधरिकाे घरमा टाँगेकाे छ । उनि उमेदवार उठेको निर्वाचन स्थलका सार्वजनिक स्थलहरु पनि उनलाई अासन्न निर्वाचनमा अवज्ञा गराैं भन्दै कालाे ब्यानर टाँगिएको छ । उनी नेपाली काँग्रेसकाे तर्फबाट नवलपरासीमा चुनाव उठिरहेका छन् । उनलाई युवा जनस्वयमसेवक नेपाल नवलपरासीले “NO VOTE ! स्थास्थ्य र शिक्षाको माफिया,कर छली गरेको र मजदुरको शोषण गरेको हुनाले विनोद चौधरीलाई मंसिर ४ गतेको निर्वाचनमा अवज्ञा गरौं !! भनेर कालाे ब्यानरमा लेखेको छ । यस्तै नेपाली काँग्रेस कै नवलपरासी कै अर्का उमेदवार देवेन्द्रराज कंडेललाई पनि कालाे ब्यानर टाँगिएको छ । साेहि पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट अखिल(क्रान्तिकारी) नवलपरासीले उक्त कालाे ब्यानर टाँगेकाे हाे । उनलाई भुमाफिया र रक्तचन्दन तस्करि गरेकाे अाराेप लगाईएकाे छ । अखिल(क्रान्तिकारी) ले “NO VOTE ! भु-माफिया र रक्त चन्दन तस्करी देवेन्द्रराज कंडेललाई मंसिर ०४ गतेको निर्वाचनमा अवज्ञा गरौं !” भनेर कालाे ब्यानरमा लेखिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस