दाङमा एमालेका महासचिव नेता शंकर पाेख्रेलकाे घरमा कालाे ब्यानर

नेपाल कम्युनिस्ट पार्टी(एमाले) महासचिव नेता शंकर पाेख्रेलकाे घरमा कालाे ब्यानर टाँगिएको छ । अाज नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल दाङले कालाे ब्यानर टाँगेकाे हाे ।

संसदीय चुनाव अवज्ञा कार्यक्रम अन्तरगत संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि मंसिर ४ को संघ र प्रदेशको चुनाव अवज्ञा गरौँ ! दलाल संसदीय व्यवस्थाका मतियारहरु होसियार !राष्टघाति,जनघाति उम्मेदवारहरुलाई अवज्ञा गरौँ !! लेखिएको ब्यानर उनको घरमा झुन्ड्याएको छ ।

दाङबाट संघ र प्रदेशकाे चुनावमा उठेका उम्मेदवारहरुको घरमा कालो ब्यानर झुन्ड्याईएको छ । कालाे ब्यानर संघीय उम्मेदवार शंकर पोखरेल(नेकपा एमाले महासचिव), संघीय उम्मेदवार दिपक गिरी(नेपाली काँग्रेस),संघीय उम्मेदवार कमल वली(नेकपा एमाले),प्रदेश उम्मेदवार डिल्ली चौधरी(नेपाली काँग्रेस),प्रदेश उम्मेदवार धनबहादुर मास्के (नेकपा माअाेवादि केन्द्र),प्रदेश उम्मेदवार घनश्याम पाण्डे(नेकपा एमाले),प्रदेश उम्मेदवार हुकुम वहादुर बस्नेत(नेकपा एमाले), प्रदेश उम्मेदवार गिरीराज के सी(नेकपा एमाले),प्रदेश उम्मेदवार बलिभद्र राना (नेकपा एमाले) र प्रदेश उम्मेदवार राजु खनाल(नेपाली काँग्रेस) लगायत दाङका उम्मेदवारहरुको घरमा झुन्ड्याईएको नेकपा(बुहमत)दाङले जनाएको छ ।

यस अघि संसदीय चुनाव अवज्ञा गराैं भन्दै नेकपा (बुहुमत)ले कोणसभा,प्रचारप्रसार,भित्ते लेखनहरु,अन्तरक्रिया गर्दै संसदीय व्यवस्थाका उमेदवारहरुलाई मतदान नगर्न आह्वान गरि रहेको थियोे ।

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस