
“युवा सबै खाडिमा! भ्रष्टाचारीहरु गाडीमा!!” भन्दै युवा जनस्वंयमसेवक,पाल्पाले सामाजिक संजाल मार्फत रंगिन ब्यानरहरु सार्वजनिक गरेको छ । अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयम् सेवक पाल्पाले मंसिर ४ गते हुने संसदीय निर्वाचनको अवज्ञा गर्न समेत अाह्वान गरेको छ । अाज याे व्यवस्थाले भ्रष्टाचार,महङ्गि कालाेबजारि,तस्बिर,अशान्ति,हत्या हिंसा,बेरोजगारि पैदा गरिरहेकाले यस्तो पुँजीवादि संसदीय व्यवस्थाकाे अन्त्य गर्न यसले निर्वाचन अवज्ञा गर्नुपर्ने भन्दै १) व्यक्ति होईन व्यवस्था बदलौं !,२) मतपत्र पहिला कि किताब ?,३) व्यक्ति होईन व्यवस्था बदलौं !,४) मंसिर ४ चुनाव अवज्ञा / बहिस्कार,५) वैज्ञानिक समाजवाद – जिन्दावाद ! लेखिएको रंगिन ब्यानरहरु सार्वजनिक गरिएकाे युवा जनस्वंयम सेवक नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज माेहन निवाङ्गले बताउनु भएको छ ।