भाेजपुरमा प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै शक्तिशाली बम विस्फोट

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” सहभागी कार्यक्रमस्थल नजिकै शक्तिशाली बम विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन् । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस