जाजरकोटमा चुनाव अवज्ञा किन ? भन्दै झण्डै एक दर्जन ठाउँहरुमा काेणसभा

जाजरकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले संसदीय चुनाव अवज्ञा किन ? भन्दै झण्डै एक दर्जन ठाउँहरुमा काेणसभा गरेको छ । अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का नवाैं महाधिवेशन अायाेजक समितिका सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज धमिलले जानकारी दिनु भएको छ । उहाँको भनाईअनुसार जाजरकोट जिल्लाकाे भेरि नगर पालिका स्वाउलिबजार खलंगा रिम्ना कालिमाटी दल्लि चाैखा तल्लाेबगर र बारेकाेट लगायतका ठाउँहरुमा काेणसभा गरिएको हाे याे काम निरन्तर चलिरहेको समेत बताउनु भएको छ । अाँफुहरुले वर्तमान संसदीय व्यवस्थाबाट अराजनीतिक अस्थिरता पैदा गरि खालि झै झगडा गर्ने,अभाव पैदा गर्ने,भाेकमरि सिर्जना गर्ने,निशुल्क स्वस्थ्य उपचार नपाएर अकालमा मर्नु पर्ने र निशुल्क गुणस्तरीय शिक्षा नपाउने,राेजगार ग्यारेन्टी नगर्ने बरु यसले राष्ट्रघात,जनघात गरि MCC जस्ता ठुला राष्ट्रघाति सम्झौता गरि नेपाल देश नै विदेशीहरुलाई दलाल बनेर याे पुँजीवादि संसदीय व्यवस्थाले बेचेको हुँदा यस्ताे सत्ताको विरुद्धमा अाफुहरुले विद्राेह गरेको बताउनु भयो । उहाँले हाे यस्तो व्यवस्थालाई झन् सुदृढ गर्न त्यहीँ सरकारमा रहेर राष्ट्रघात,जनघात गरेका नेताहरू गाउँ गाउँमा भाेट माग्न अाएकाे हुनाले यिन भाेट नदिएर रित्तै मतपेटिका बनाएर लखेट्नकाे लागि अाह्वान गर्दै काेणसभा गरिएको जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस