अखिल(क्रान्तिकारी) कपिलवस्तुले चुनाव अवज्ञा किन ? भन्दै टाँग्याे कालाे ब्यानर

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट अखिल(क्रान्तिकारी) कपिलवस्तुले निर्वाचन अवज्ञा किन ? भन्दै सार्वजनिक स्थलहरुमा कालाे ब्यानर टाँगेकाे छ । कपिलवस्तु जिल्लाका अधिकांश सार्वजनिक स्थलहरुका पार्टी,पाैवा,चाेक र स्कुलहरुका गेटहरुमा उक्त ब्यानर टाँगिएको छ । एक दर्जन ठाउँहरु एक दर्जन कालाे ब्यानर टाँग्दै लेखेको छ – “१) महान् १० वर्षे जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न ।,२) शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा राष्ट्रियकरण निशुल्क एवम् सर्वसुलभको व्यवस्था गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न।,३) शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई आयज्ञार्जनसँग, आयआर्जनलाई पूँजीसँग, पूँजीलाई लगानीसँग आवद्धता गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न ।,४) विश्वविद्यालयहरुमा दत्तीय भागवण्डाका आधारमा गरिंदै आएको राजनीतिक नियुक्तिको अन्त्य गरी विज्ञहरुबाट स्वस्थ प्रतिस्पधांको आधारमा नियुक्ति गर्न ।,५) आम जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न ।,६) स्वाधिन संयुक्त सरकार गठन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमखको व्यवस्था गर्न ।,७) व्यक्ति हैन सत्ता बदलौं, सुधार होईन आमुल परिवर्तन गरौं ।” तस्बिरहरू

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस