कैलालीको अत्तरियामा तिन विद्यार्थी संगठनकाे प्रदर्शन

अाज कैलालीको अत्तरियामा तीन विद्यार्थी संगठनकाे प्रदर्शन गरेको छ । प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) सहित नेकपा(क्रान्तिकारी माअाेवाादि) निकट अखिल(क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरुले अाज “प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद ! नयाँ जनवाद – वैज्ञानिक समाजवाद जिन्दावाद !! आगामी मंसिर ४ को दलाल संसदीय निर्वाचन बहिष्कार / अवज्ञा सभा गराैं भन्दै प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शन केही बेर सडक परिक्रमा गरि काेणसभामा परिणत भएको थियो । नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी) कि महासचिव रुपा बुढामगर र नेकपा(क्रान्तिकारी माअाेवादि) निकट अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले काेणसभालाई सम्बाेधन गरेका थिए ।  

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस