
कपिलवस्तु पब्लिक क्याम्पसमा कालाे ब्यानर टाँगिएको छ । उक्त क्याम्पसका अध्यक्ष विनय पाण्डेलाई समेत सामाजिक बहिष्कार गरेको ब्यानर टाँगिएको छ । नेकपा(बहुमत) अखिल(क्रान्तिकारी) कपिलवस्तुले उक्त ब्यानर टाँगेकाे हाे । अाज कालाे ब्यानरमा अध्यक्ष विनय पाण्डेको फाेटाे टाँसि उनलाई सामाजिक बहिष्कार किन भनेर समेत लेखिएको छ । अखिल(क्रान्तिकारी) ले टाँसेकाे ब्यानरमा लेखिएको पाँच बुँदा
१. ४७५। – रुपैयाँ बाट १५००।- शुल्क वृद्धि गरेकोले ।
२. विद्यार्थीको माग र आन्दोलनलाई अटेर गरेकोले ।
३. संसदवादी दल र विद्यार्थी संगठनको निर्देशनमा काम गरेकोले ।
४. शैक्षिक संस्थालाई राजनीतिक अखडा बनाएकोले ।
५. पब्लिक क्याम्पसलाई निजीकरण गर्न खोजेकोले
प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार