
नेकपा(बहुमत) काभ्रेले चुनाव अवज्ञा कार्यक्रम तिब्र पारेको छ । नेकपा(बहुमत) काे केन्द्रीय समितिले गरेको पुर्वघाेषित कार्यक्रम अन्तर्गत संसदीय निर्वाचनको प्रदेश सभा र प्रतिनिधि सभा चुनाव खारेज/अवज्ञा गर्ने अभियान चलाएको काभ्रे जिल्लाले बताएको छ । चुनाव अवज्ञा कार्यक्रम अनुसार “संसदीय निर्वाचन अवज्ञा गराैं ! वैज्ञानिक समाजवादी क्रान्तिकाे बाटोमा अघि बढाैं !!” भन्ने रंगिन पोस्टर टाँस्ने र पर्चाहरु घर घरमा गएर वितरण गर्ने गरिएको छ । उक्त कार्यक्रमहरु काभ्रे जिल्लाकाे खावा,जेरो किलो,दोलालघाट ,सुनकोसी ,चेरे,बाहुनटोल हुदै अर्खौ सम्म गरेको छ । नेकपा(बहुमत) काभ्रेले जनअभियान क्रममा तत्कालीन जनयुद्धका शहीद परिवारहरुलाई भेटघाट गरेको छ ।

Exif_JPEG_420

Exif_JPEG_420
प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार