लुम्बिनी प्रदेशमा अखिल(क्रान्तिकारी) द्धारा कालाे ब्यानर बाेकेर विरोध प्रदर्शनमा उत्रिएको छ । अखिल(क्रान्तिकारी) लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन अासन्न मंसिर ४ गतेकाे संसदीय चुनाव अवज्ञा किन ? भन्दै गरिएको प्रदेश ईन्चार्ज नवीन खड्काले बताए । नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी)को निर्णयअनुसार आसन्न संसदीय निर्वाचनलाई अवज्ञा गर्न अाह्वान गर्दै कालाे ब्यानर बाेकेर प्रदर्शन गरिएको छ ।
नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका दाङ,कपिलवस्तु,नवलपरासी,रुपन्देही लगायतका जिल्लाहरुमा एकैपटक मसिर ४ गते घाेषणा गरेको निर्वाचनका बिरूद्धमा कालाे ब्यानरमा संसदीय निर्वाचन अवज्ञा किन ? भन्ने कालाे व्यानर बाेकेर प्रदर्शन गरि विरोध गरिएको अखिल(क्रान्तिकारी)ले जनाएकाे छ ।
२०७४ निर्वाचनपछि मुलुकलाई समाधान दिन नसकेको र देशमा महंगी, राष्ट्रघात र संकट आएको भन्दै नेपालको मुलुक संकटमा फसिरहेकाे कारणले गर्दा अासन्न निर्वाचनकाे चुनाव विथोल्न आह्वान समेत गरेका छन् । उक्त कालाे ब्यानरमा सात बुँदा समेत उल्लेख गरिएको छ ।
१) महान् १० वर्षे जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न ।,
२) शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा राष्ट्रियकरण निशुल्क एवम् सर्वसुलभको व्यवस्था गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न।,
३) शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई आयज्ञार्जनसँग, आयआर्जनलाई पूँजीसँग, पूँजीलाई लगानीसँग आवद्धता गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न ।,
४) विश्वविद्यालयहरुमा दत्तीय भागवण्डाका आधारमा गरिंदै आएको राजनीतिक नियुक्तिको अन्त्य गरी विज्ञहरुबाट स्वस्थ प्रतिस्पधांको आधारमा नियुक्ति गर्न ।,
५) आम जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न ।,
६) स्वाधिन संयुक्त सरकार गठन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमखको व्यवस्था गर्न ।,
७) व्यक्ति हैन सत्ता बदलौं, सुधार होईन आमुल परिवर्तन गरौं । भनेर उल्लेख गरिएको छ ।