
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले संसदीय चुनाव अवज्ञा किन ? भन्दै सामाजिक संन्जालमा कालो ब्यानर प्रदर्शन गरेको छ ।
लुम्बिनी प्रदेशका रुकुम पश्चिम, रुकुम पुर्व, सल्यान र रोल्पाका जिल्लाहरुले कालो ब्यानर सार्वजनिक गरेको अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा चार जिल्लाका जिल्ला इन्चार्ज सोम्पाल कामी बताए ।
उक्त ब्यानरमा आसन्न संसदीय निर्वाचनकाे अवज्ञा किन ? भन्दै सात बुँदे कालाे ब्यानर प्रदर्शन गरेको छ । मंसिर ४ गते चुनाव दलालहरुलाई चुन्ने र फेरि पनि देशमा राजनीतिक अस्थिरता पैदा गर्ने भएको हुँदा यस निर्वाचनलाई अवज्ञा गर्नुपर्ने बताएको छ । जस अन्तरगत अखिल (क्रान्तिकारी) ले चुनाव अवज्ञा किन ? भन्ने सात बुँदे कालाे ब्यानर प्रदर्शन गरेको छ ।
१) महान् १० वर्षे जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न ।
२) शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा राष्ट्रियकरण निशुल्क एवम् सर्वसुलभको व्यवस्था गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न।
३) शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई आयज्ञार्जनसँग, आयआर्जनलाई पूँजीसँग, पूँजीलाई लगानीसँग आवद्धता गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न ।
४) विश्वविद्यालयहरुमा दत्तीय भागवण्डाका आधारमा गरिंदै आएको राजनीतिक नियुक्तिको अन्त्य गरी विज्ञहरुबाट स्वस्थ प्रतिस्पधांको आधारमा नियुक्ति गर्न ।
५) आम जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न ।
६) स्वाधिन संयुक्त सरकार गठन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमखको व्यवस्था गर्न ।
७) व्यक्ति हैन सत्ता बदलौं, सुधार होईन आमुल परिवर्तन गरौं । भनेर उल्लेख गरिएको छ ।