अखिल(क्रान्तिकारी) दाङले घोराहीमा गर्याे प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) दाङले घाेराहिमा कालाेब्यानरमा मंसिर ४ गतेकाे संसदीय निर्वाचन अवज्ञा किन ? भन्दै प्रदर्शन गरेको छ । आइतवार घोराहीको पद्मोदय पब्लिक नमुना माध्यामिक बिद्यालय उक्त गरेको हाे ।

केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) दाङकी अध्यक्ष निर्मला खड्का (निरु) ले उक्त प्रदर्शनलाई सम्बोधन गर्दै असमान सन्धि सम्झैता विरुद्ध, देशको सिमाना रक्षा गर्न, सवै नेपालीका छोरा छोरीलाई शिक्षाको पहुँचमा पुर्याउन विद्यार्थी आन्दोलनले महत्वपुर्ण भुमिका खेलेको बताउदै आज पनि विद्यार्थीहरु सचेत वर्ग भएको बताईन । कुनै पनि देशको विकासमा त्यस देशको शिक्षाले महत्वपुर्ण भुमिका खेल्ने भएकाले शिक्षामा हुने विकृतिको अन्त्यको लागि खवरदारी गर्न पनि विद्यार्थी संगठन जरुरी रहेको बताईन ।

आज विद्यार्थी राजनीति क्याम्पस र नियमित विद्यार्थीको पहुँच भन्दा टाढाका कथित विद्यार्थीहरु नेताहरुको हातमा रहेको छ । विद्यार्थीको अधिकारको निम्ती भन्दा नि आफ्नो राजनीतिक भविष्यका निम्ती विद्यार्थी राजनीति गर्ने परिपाटी देखिन्छ । शिक्षा क्षेत्रमा चरम लुटतन्त्र सँगै विद्यार्थीको भविष्य ओझेलमा परेको उनको भनाई छ ।

प्राय शैक्षिक संस्थाहरु राजनीतिको थलो बनेका छन् यी सबै समस्याको केही हद कारण भनेको तत्कालिन समयमा गतिहीन बनेको बिद्यार्थी आन्दोलन र राजनीतिक स्वार्थमा लिप्त भएका केही बिद्यार्थी संगठनहरु भएक‍ो बताईन ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस