
जब तपाईं अामाकाे काेखबाट यस पृथ्वीमा जन्मिनु भएको थियो तपाईं सित त्यतिबेला पहिलोपटक उदेश्य,लक्ष्य र विचारहरुको शुन्यतामा हुनुहुन्थ्यो । मात्रै त्यतिबेला तपाईं संग भाेककाे प्यास मेटाउने चेतना मात्रै थियो । तब तपाईंलाई अामाले तपाईंको भाेककाे प्यास मेटाउदै हुर्काउनु हुन्छ तपाईंले अामा,बाबा,दाजुभाइ,दिदीबहिनी,अंकल अाँन्टि,हजुरबुबा हजुरअामा,मामामाईजु,वरपर छरछिमेक मात्रै देख्नुभयो । त्यो पनि तपाईं प्रतिकाे भाेककाे प्यास मेटाउन तपाईं प्रति साहानुभुति राख्ने,स्नेह दिने,ममता दिनेहरु मात्रै थिए । जब यसप्रकारकाे साथले तपाईंको बाेलि फुट्याे,अाँखा खुल्याे,हिड्नु भयाे त्यतिबेला तपाईंलाई समाजमा चलिरहेको गतिविधिहरुमा संलग्न गराईयाे वा प्रवेश गराईयाे । त्यो बेला तपाईंलाई जे सिकाईयाे त्यो तपाईं सिक्दै जानुभयाे त्यतिबेलासम्म तपाईंकाे लक्ष्य,उदेश्य र विचारको भेद छुट्याउने अाधारसिला खडा भएको थिएन् तपाईंलाई जे सिकायाे त्यो सिक्न बाध्य हुनुभयाे । जब तपाईं यस्तो परिस्थितिबाट गुज्रनु भयाे त्यतिबेला तपाईंको मतिष्कमा तपाईंले पहिला अामाकाे अवस्था अनुसार,बाबुकाे अवस्था अनुसार,तपाईंको घरको अवस्था अनुसार,तपाईंको अाफन्त ईष्ट्रमित्रहरुकाे अवस्था अनुसार,टाेलछिमेकका अनुसार,समाज,देश र विश्व अवस्था अनुसार अाफुलाई दाज्दै साेच्न थाल्नु भयो । त्यो साेच नै तपाईंको पहिलो विचार बन्न गयो,मानिस चेतनशील प्राणी हाे,सर्वश्रेष्ठ प्राणी हाे भन्ने कुरा पुष्टि भयो । त्यतिबेला तपाईंको विचारले तपाईं जन्मनु भएको अवस्था देखि तपाईं उभिरहेकाे अवस्था सम्म पहिचान गर्दै खाेज अनुसन्धान गर्दै थप अगाडि बढ्न खाेजिरहनु भयो । त्यो बेला तपाईंलाई तपाईंको अामा वुवा सहितको र समाजकाे परिवेश वा घटिरहेको घटनाले अाकर्षित समेत गर्याे । यतिबेला तपाईंको मनमा सामाजमा घटिरहेको घटनाका अाधारहरुमा अनेकौं विचारहरुकाे निष्कर्षहरु,संश्लेषणहरु तपाईंको मनमा डुलिरहेकाे हुनेछ । त्यतिबेला तपाईं थाहा पाउनु हुनेछ बल्ल समानता छैन,न्याय छैन,शान्ति अमनचयन छैन,भाेक मेटाउने प्यास छैन्,तपाईंलाई सक्षम बनाउने समानताको शिक्षा छैन्,तपाईंलाई अरुको जस्तै अाेत लाग्ने,बास बस्ने राम्रो ठाउँ छैन्,तपाईंलाई काम गर्ने ठाउँ छैन्,तपाईंलाई खुशी हुने ठाउँ छैन्,मनाेरन्जन गर्ने ठाउँ छैन् । यतिबेला तपाईं साेचमग्न हुनुहुन्छ र यी सबै प्राप्त गर्नकाे लागि तपाईं संघर्षकाे बाटो खाेज्नु हुनेछ । याे बाटो खाेज्नु भनेको तपाईंले म पनि याे समाजमा अरु जस्तै हुनेछु,अरुभन्दा राम्रो गर्नेछु भन्ने कुरामा केन्द्रित रहनेछ जसलाई तपाईंले मस्तिष्कबाटै नै अनुसरण गर्दै याेजना निर्माणकाे खाेजि हुनुहुनेछ जसलाई हामीले उदेश्य,लक्ष्य र विचार पनि भन्न सक्छौं । हाे तपाईंले बाेकेकाे उदेश्य,लक्ष्य र विचारलाई सफल बनाउन तपाईंलाई अाई पर्ने चुनाैति वा संघर्षहरुलाई जित्न सक्नुपर्छ तबमात्र मानव जिवनले सार्थकता पाउनेछ । जब हामी मानिस भएर जन्मिए पछि हार्न र मर्नका लागि मात्रै हाेईन् हामीले अाफ्नाे जिवनलाई उत्कृष्ट बनाउन सफल बनाउनका लागि हाे त्यसैले तपाईंलाई अाईपर्ने प्रधान संघर्षहरु १) अात्मसंघर्ष,२)अन्तरसंघर्ष,३)बाह्य संघर्ष र वर्गसंघर्षहरुलाई कसरी जित्ने त्यसमा केही बेर छलफल,बहस,निष्कर्ष र संश्लेषण गर्ने काेसिस गराैं ।
अात्मसंघर्ष
उदेश्य,लक्ष्य र विचार केन्द्रित बाटो प्रष्ट बनाएर अगाडि बढ्दै गर्दा पहिला हामी अाफु भित्र संघर्ष गरिरहेका हुन्छौं । जाे अरुले गरेको काम ठिक कि मैले गर्न लागिरहेको काम ठिक भन्ने बिषयमा चर्को अाँफै भित्र संघर्ष चलिरहेको हुन्छ,जसलाई हामी अात्मसंघर्ष भन्छाैं ,यस्तो अवस्थामा अाफु शुरुआतकाे चरणमा हिड्दा अरुको अलि बढी सफलता देखिँदा अाफ्नाे असफलता देखिए जस्तो हुन्छ त्यतिबेला हामीलाई निरासा पैदा पनि हुने गर्दछ यस्तो अवस्थामा हामीले अाफ्नाे उदेश्य,लक्ष्य र विचार छाड्ने हाेईन् कि उपलब्धि हासिलका निमित्त निरन्तर संघर्ष गरि अगाडि बढ्नुपर्छ । म हिडेकाे बाटो सहि छ भनेर जित्नका लागि खुलेर त्यससम्बन्धी अध्ययन अनुसन्धान गर्ने,बहसहरु गर्ने,निष्कर्षहरु निकाल्ने,संश्लेषण गर्ने यसाे गर्दा तपाईं अात्मसंघर्षमा परिपक्व हुनुहुनेछ र हार्नु हुनेछैन् । तपाईंले बनाएका उदेश्य,लक्ष्य र तपाईंले अात्मसाथ गर्दै हिड्न खाेजेकाे विचारकाे बाटोमा तपाईंलाई नजिकैबाट चाहानेहरुले नियालिरहेका हुन्छन् जसमा अाफ्नाे घरपरिवार,अाफन्तजन,साथीभाइ,ईष्टमित्र,समाजका शिक्षादिक्षा दिने व्यक्तिहरु । जब कि तपाईं उनिहरु संग खुलेर छलफल र बहस गर्नु भयो भने तपाईंलाई नियालिरहेकाहरु मध्येबाट तपाईंको उदेश्य,लक्ष्य र तपाईं हिड्न खाेजिरहेकाे विचारको बाटो मन पराउने,साथ दिने र सर्मथन गर्ने भेटिन्छ याे नै तपाईंको अात्मसंघर्षमा जित हाे । अब जसले तपाईंलाई मन पराउने,साथ दिने र सर्मथन गर्छन् तिनिहरुलाई साथ लिएर अगाडि बढ्नुस् तपाईं सफल हुनुहुनेछ ।
अन्तरसंघर्ष
जब कि तपाईं अात्मसंघर्षलाई जितेर अन्तरसंघर्षमा प्रवेश गर्नुहुन्छ तपाईंको उदेश्य,लक्ष्य र तपाईंले मन पराउने विचारको बाटोमा हिड्दै गर्दा तपाईंको उदेश्य संग,तपाईंको लक्ष्य संग,तपाईंले मन पराउने विचार संग एकाकार हुने साथीहरू,अग्रजहरु भेटिनेछन् ।,जसलाई हामी सहयात्री भन्छाैं,टिम भन्छाैं,संगठन भन्छाैं । याे अवस्था सम्म तपाईं पुग्नु भनेको तपाईंको उदेश्य,लक्ष्य र तपाईंले अात्मसाथ गर्ने विचारमा मन मिल्ने मानिसहरुकाे एउटा जित संगै थप संघर्षका लागि बनेको एउटा टिम हाे,संगठन हाे । अब तपाईंको उदेश्य,लक्ष्य र तपाईंले मन पराउने विचारको कुरालाई थप हासिल गर्न सहयात्री,टिम र संगठनकाे अावश्वकताकाे महसुस गर्नु हुन्छ वा बनाउनुहुन्छ त्यतिबेला तपाईंले जस्तै उदेश्य,लक्ष्य र एउटै विचार मिलेका अर्का साथीहरू र तपाईं बिच खराब र सहि बिषयलाई लिएर प्रतिस्पर्धा चल्छ,जसलाई हामी अन्तरसंघर्ष भनिन्छ । त्यो संघर्ष हामी एउटै उदेश्य बाेकेका,एउटै लक्ष्य बनाएका,एउटै विचार अात्मसाथ गरिरहेका अाफ्नै साथीहरूकाे बिचमा संघर्ष चल्नु भनेको उसले भन्दा मैले अझै राम्रो गरु,गर्न सकु र उसले भन्दा मैले यस बिषयमा सफलता हासिल गरि मलाई सर्मथन गरुन्,काम गर्दा यहाँ यहाँ कमजोरी भए त्यसलाई सुर्धानु पर्छ भन्ने कुरामा केन्द्रित रहेर संघर्ष चलिरहेको हुन्छ । यस्तो संघर्षले तपाईहरुले लिएको उदेश्य,लक्ष्य र विचारले प्रभाव पार्दै धेरै धेरै भन्दा धेरै मानिसहरू तपाईंको वरिपरि केन्द्रित(अार्कषित) हुनेछन्,जब तपाईं प्रति केन्द्रित(अार्कषित) भएका मानिसहरूकाे नेतृत्व गर्दै थप सफलताको संघर्ष गर्न थाल्नुहुन्छ त्यतिबेला तपाईं कै उदेश्य बाेकेका,तपाईं कै लक्ष्य लिएका र तपाईंले जस्तै विचार अात्मसाथ गरेका तपाईं कै सहयात्री,टिम र संगठनका बिचमा पनि उसले भन्दा मैले राम्रो गरु भन्ने कहिलेकाहीँ तिब्र महत्वअाँकाक्षा साथीहरूबाट जान वा अन्जानमा तपाईंलाई असफल बनाउन अनेकौं हत्कडा अपनाईन् सक्छ,असफल बनाउने काेसिस गरिन सक्छ हाे यतिबेला सचेतता पुर्वक मैत्रीपूर्ण प्रतिस्पर्धा गरिरहेका साथीहरूलाई नेतृत्व गर्दै अगाडि बढ्नु नै तपाईंले अन्तरसंघर्षमा विजय प्राप्त गर्नु हाे,तपाईं सफल हुनु हाे ।
बाह्य संघर्ष
जब तपाईं अात्मसंघर्ष र अन्तरसंघर्षमा सफल भएर अगाडि बढ्नु हुन्छ त्यतिबेलासम्म तपाईंको कामले केही सफलता हासिल गरेर तपाईंले बाेकेकाे उदेश्य,लक्ष्य र विचारकाे छलफल चलिरहेको हुनेछ । तपाईंले बाेकेकाे उदेश्य,लक्ष्य र विचारले सामाजिक प्रभाव पार्न खाेजिरहेकाे हुन्छ । त्यस्तो अवस्थामा अन्य उदेश्य,लक्ष्य र विचार बाेकेका टिम र संगठनहरुबाट तपाईं माथि संघर्ष गरि एक पछि अर्को हमला शुरु हुनेछ । त्यतिबेला तपाईंको केही सफलतालाई वा तपाईंले लिएको उदेश्य,लक्ष्य र विचारहरुलाई सिध्याउन तपाईंलाई साथ दिईरहेका एउटै उदेश्य,लक्ष्य र विचार बाेकेका सहयात्रीहरु माथि पनि हमला हुनेछ,उनिहरुकाे खाेजि हुनेछ । त्यतिबेला तपाईंको केही सफलताको संघर्षलाई कमजोर बनाउन तपाईंका सहयात्रीहरुकाे कमजोरीपन पत्ता लगाउने छन्,तपाईंको कमजोरीपनकाे पत्ता लगाउने छन् त्यहीँ कमजोरी माथि टेकेर तपाईंलाई अर्थात तपाईंले बाेकेकाे उदेश्य,लक्ष्य र विचार माथि हमला गर्नेछन् फरक उदेश्य,लक्ष्य र विचार बाेकेका मानिसहरूले । यतिबेला तपाईंले बाेकेकाे उदेश्य,लक्ष्य र विचारले समाजमा प्रभाव पार्दै जाँदा समाज नै विभाजित हुने अवस्थामा पुग्छ जहाँ उसले बाेकेकाे उदेश्य,लक्ष्य र विचार सहि कि हामीले बाेकेकाे उदेश्य,लक्ष्य र विचार सहि भन्दै तपाईं माथि बाह्य अाक्रमणहरु निरन्तर भईरहनेछन् । तपाईं त्यतिबेला बेजोड तरिकाले अाफ्ना सहयात्रीहरुलाई थप पुष्टि प्रमाणित भएको कारणले हामी माथि यस्तो हमला भयो भन्दै कुशलता पुर्वक नेतृत्व गर्दै थप सफलताको निमित्त संघर्षको भिषण माेर्चाहरु खाेल्नु भएमा बाह्य फुटाउ र राज गर भन्ने हमला पराजित हुनेछ जब तपाईं सफल हुनुहुनेछ तब हामी माथि हमला भएको हाे भन्ने कुरालाई कहिल्यै पनि नजरअन्दाज गर्नु हुन्न यति मात्रै हाेकेर भनेर विश्राम लिन थाल्नु भयो त्यहीँ विश्रामलाई कमजोरी ठानेर तपाईंको थप सफलताको उचाइकाे बाटो अवरुद्घ त यसै गर्नेछन् भने अहिलेसम्म हासिल गर्नु भएको सफलतालाई पनि खरानी बनाउन लाग्नेछन् । त्यसैले परिस्थिति सिर्जना हुनु भनेको वर्गविभाजित विभेदकारी अत्याचारि,अन्यायि समाज भएको कारणले हाे । यस्तो समाजमा लाेभ,ईस्या मार्फत अनेकौं प्रकारका शाेषणहरु पैदा गरि मानिसहरू माथि थिचोमिचो गरिन्छ । जसले गर्दा तपाईंले बाेकेकाे उदेश्य,लक्ष्य र विचार माथि हमला हुने अवस्था सम्म पुग्नु भनेको वर्गसमाजकाे कारणले हाे । यस वर्गशाेषितहरुकाे अन्यायलाई जित्न तपाईंले अनिवार्य पर्छ यसको प्रधान केन्द्रविन्दु तपाईंको अात्मसंघर्ष,अन्तरसंघर्ष र बाह्य संघर्षबाट गरेको सफलताको समिक्षामा उभिएर नयाँ याेजना निर्माण गर्दै सहयात्री अर्थात तपाईंलाई साथ दिनेहरूलाई कुशलता पुर्वक साथ लिन सक्नुपर्छ । बल्ल तपाईं बाह्य हमलालाई समेत पराजित गर्दै सफलतामा पुग्नु हुनेछ ।
वर्गसंघर्ष
अात्मसंघर्ष,अन्तरसंघर्ष,बाह्यसंघर्षकाे पैदा हुनु भनेको वर्गसंघर्ष हाे,वर्गसंघर्ष भनेकाे धनिहरुले गरिबहरुलाई,सक्षम मानिसहरुले कमजोर मानिसहरुलाई,पुरुषहरुले महिलाहरुलाई,सक्षम महिलाहरुले कमजोर महिलाहरुलाई गरिने अत्याचार,अन्याय,शाेषण,दमन मार्फत निर्माण भएको शासन गर्ने समाजकाे अन्त्यका निमित्त गरिएको संघर्षको परिणाम हाे,यसलाई शाषक वर्गसमाजकाे विरुद्धको संघर्ष पनि भन्न सकिन्छ । यस्तो अवस्थामा जातभात देखि उत्पादन साधनहरु पुरा कब्जा गरि शाेषण गरिन्छ,जसले गर्दा भाेकमरि,अभाव पैदा हुने गर्दछ । तपाईं हामी सबै खाले अन्यायहरुबाट मुक्त हुनकाे लागि संघर्ष गरिरहेका छम् । यस्तो संघर्ष भनेको शाषकहरुले पैदा गरेको वर्गविभेदकारि अमानवीय शाेषणकाे पुर्ण अन्त्य लागि पैदा भएको कम्युनिज्म अर्थात साम्यवादी संघर्ष हाे । जसले मानव जातिको मुक्ति लागि अन्तिम वैज्ञानिक हतियार बाेकेकाे छ ।
विजय
सम्पूर्ण विभेदहरुकाे अन्त्यका लागि सर्वहारा अधिनायकत्व स्थापना गर्दै तपाईं हामी शाेषित,पिडितहरुकाे अाफ्नै सेना,अाफ्नै सत्ता,अाफ्नै अदालत,अाफ्नै उत्पादन प्रणालि खडा गरेको छ । जसलाई हामी अात्मसाथ गरेर हामी माथि भएका,हुने गरेका तमाम अन्याय,अत्याचार,शाेषण र दमनहरुलाई लडाइँको माेर्चा मार्फत पराजित गरि सफल हुन सकिन्छ । अहिले हाम्रो समाज तीन तहबाट अगाडि बढिरहेको छ,पहिलो धर्मका नाममा समाज खडा गरि शाेषण गर्ने,दाेस्राे पुँजी अर्थात उत्पादनका साधनहरु कब्जा गरि शाेषण गर्ने गरेको पुँजीवादि संसदीय राज्य व्यवस्थाहरु कायमै छन् । यी दुवै शाेषणकारि समाजका राज्यहरुले पछिल्लो समय अत्याधुनिक हातहतियार,सुचना टेक्नोलोजी,खाेज अनुसन्धानका बिषयहरुलाई लिएर कमजोर समाज वा देशहरुलाई ती बिषयहरुमा विकास गरेका समाज र देशहरूले युद्ध थाेपरेर हत्या,लुटपाट र शाेषण मच्याईरहेका छन् । यस्तो परिस्थितिमा यस्तो वर्गसमाजकाे अन्त्यका निमित्त हामी माथि शाेषण गरिएका समाज,देश र शाषकहरुकाे अन्त्यका लागि वर्गसंघर्ष मार्फत अगाडि बढ्नुकाे विकल्प छैन् । जुन संघर्षमा हामीलाई साथ दिने,अत्याचारि,अन्यायिहरुलाई कार्वाही गर्ने सेना भेटिनेछ,न्याय दिने जनसत्ता,जनअदालत भेटिनेछ,जहाँ हामीलाई गाँस,बाँस,कपास,शिक्षा,स्वस्थ्य,खेलकुद र मनाेरन्जन भेटिने छ, माक्र्सवाद,लेनिनवाद र माअाेवादकाे समतामुलक,वर्गविहिन,सबै शाेषणहरु अन्त्य भएको वैज्ञानिक समाजवाद र साम्यवाद भेटिने छ । जहाँ पुर्ण रुपमा सबै शाेषणहरुकाे अन्त्य भएको हुनेछ । र हामी सबै उक्त साम्यवादी समाज निर्माण गरेरमात्र सबै संघर्षहरु पराजित गर्नेछौं र हामी विजयी हुनेछौं । नत्र हामी विद्धमान धार्मिक समाजकाे शाेषण र पुँजीवादि संसदीय समाजको अन्त्य नहुदा सम्म हामी सधैं सबै खाले संघर्षको चेपुवा परिरहनेछाैं । यसको पुर्ण अन्त्यका लागि माक्र्सवाद,लेनिनवाद र माअाेवादले पैदा गरेको वैज्ञानिक समाजवाद र साम्यवादी व्यवस्था निर्माण गर्ने कम्युनिज्मकाे वास्तविक राताे झण्डा समाअाैं । तब बल्ल सबै संघर्षहरुबाट विजयी हुनेछौं,मुक्त हुनेछौं ।