
नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी) पाल्पाले चुनाव अवज्ञा किन ? भन्ने कालाे ब्यानर सार्वजनिक गरेको छ । अाज पाल्पाले जिल्लाले उक्त ब्यानरमा अासन्न संसदीय निर्वाचनकाे अवज्ञा किन ? भन्दै पाँच बुँदे कालाे ब्यानर सार्वजनिक गरेको छ । अखिल (क्रान्तिकारी) पाल्पाले जनाए अनुसार यहीँ मंसिर चार गतेकाे निर्वाचन देश बेच्ने,व्यथिति पैदा गर्ने,राजनीतिक अस्थिरता पैदा गर्ने भएको हुँदा यस निर्वाचनलाई अवज्ञा गर्नुपर्ने बताएको छ । क्रान्तिकारीले सार्वजनिक गरेको चुनाव अवज्ञा किन ? भन्ने सात बुँदे कालाे ब्यानरमा १.महान् १० वर्षे जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न ।, २.शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा राष्ट्रियकरण निशुल्क एवम् सर्वसुलभको व्यवस्था गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न,३. शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई आयज्ञार्जनसँग, आयआर्जनलाई पूँजीसँग, पूँजीलाई लगानीसँग आवद्धता गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न ।,४.विश्वविद्यालयहरुमा दत्तीय भागवण्डाका आधारमा गरिंदै आएको राजनीतिक नियुक्तिको अन्त्य गरी विज्ञहरुबाट स्वस्थ प्रतिस्पधांको आधारमा नियुक्ति गर्न ।,५.आम जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न ।,६.स्वाधिन संयुक्त सरकार गठन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमखको व्यवस्था गर्न ।,७.व्यक्ति हैन सत्ता बदलौं, सुधार होईन आमुल परिवर्तन गरौं । भनेर उल्लेख गरिएको छ ।