मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत)काे अासन्न मंसिर ४ गतेकाे निर्वाचन अवज्ञा गराैं भन्दै व्यापक प्रचारप्रसार पारेको छ । अाज उक्त पार्टीको जिल्ला कार्यलय स्रोतले भनेअनुसार मकवानपुरका विभिन्न नगर पालिका र गाँउपालिकाहरुमा तिब्र पारिएको बताएका छन् । उक्त पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत)ले वर्तमान चालु पुँजीवादि संसदीय व्यवस्थाकाे निर्वाचनले MCC जस्ता राष्ट्रघाती र जनघाति लगायतका सन्धि सम्झौताहरुलाई सुदृढ गर्ने भएको हुँदा यस्तो निर्वाचन अवज्ञा गर्नु पर्ने बताउदै अाएकाे छ । यस्तो क्रियाकलापलाई सुदृढ गर्ने निर्वाचनले राजनीतिक स्थिरता कायम नगर्ने समेत जिकिर गर्दै अाएकाे छ । यसकाे अन्त्य लागि अाफ्नाे पार्टीले भित्तेलेखन,पर्चा वितरण र टाेलटाेलमा पिढि सभा गरिरहेकाे जिल्ला कार्यलय मकवानपुरले जनाएको छ । तस्बिरहरू
प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार