अखिल(क्रान्तिकारी) कपिलवस्तुले चुनाव अवज्ञा किन ? भन्ने ब्यानर सार्वजनिक

नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी) कपिलवस्तुले चुनाव अवज्ञा किन ? भन्ने कालाे ब्यानर सार्वजनिक गरेको छ । अाज कपिलवस्तु जिल्लाले उक्त ब्यानरमा अासन्न संसदीय निर्वाचनकाे अवज्ञा किन ? भन्दै पाँच बुँदे कालाे ब्यानर सार्वजनिक गरेको छ । अखिल (क्रान्तिकारी) कपिलवस्तुले जनाए अनुसार यहीँ मंसिर चार गतेकाे निर्वाचन देश बेच्ने,व्यथिति पैदा गर्ने,राजनीतिक अस्थिरता पैदा गर्ने भएको हुँदा यस निर्वाचनलाई अवज्ञा गर्नुपर्ने बताएको छ । क्रान्तिकारीले सार्वजनिक गरेको चुनाव अवज्ञा किन ? भन्ने पाँच बुँदे कालाे ब्यानरमा १.महान् १० वर्षे जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न ।,२. शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण,दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण,निशुल्क एवम् सर्वसुलभको व्यवस्था गर्दै जनवादी एवम् वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न ।,३. शिक्षालाई सीपसँग,सीपलाई श्रमसँग,भ्रमलाई रोजगारीसँग,रोजगारीलाई आयआर्जनसँग,आयआर्जनलाई पूँजीसँग, पूँजीलाई लगानीसँग आबद्धता गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न ।,४. विश्वविद्यालयहरुमा दलीय भागवण्डाका आधारमा गरिँदै आएको राजनीतिक नियुक्तिको अन्त्य गरी विज्ञहरुबाट स्वस्थ प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्न ।,५. जाम जनताको गाँस,बास,कपास,स्वास्थ्य,शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न भनेर उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस