सरकारि कार्यलयहरु रङ्गिए “चुनाव अवज्ञा गराैं” भन्ने नेकपा(बहुमत)काे पाेष्टरले

सरकारि कार्यलयहरुमा चुनाव अवज्ञा गराैं भन्ने नेकपा(बहुमत)काे पाेष्टरहरुले रङ्गिएका छन् । पर्वत र म्याग्दीमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत)ले अधिकाँश सरकारि कार्यलयहरुका गेटहरुमा “संसदीय चुनावकाे अवज्ञा गराैं ! वैज्ञानिक समाजवादी क्रान्तिकाे बाटोमा अघि बढाैं !!” भन्ने नाराहरु लेखिएका रङ्गिन पाेष्टरहरु व्यापक टाँसिएको छ । उक्त पार्टीले अाउदाे मंसिर ४ गते प्रदेश र संघको हुन लागिरहेकाे निर्वाचनले फेरि देश बेच्ने लाईसेन्स सुदृढ गर्ने र सधैं याे व्यवस्था सुदृढ वा निर्वाचन गरेपनि जहिले पनि राजनीतिक अस्थिरता कायम गरेको हुदाँ यस निर्वाचन अवज्ञा गरि स्थायीत्व कायम गर्न स्वाधीन संयुक्त सरकार निर्माण गरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति,प्रत्यक्ष निर्वाचित न्यायपालिका,प्रत्यक्ष निर्वाचित व्यवस्था र विज्ञहरूबाट कार्यपालिका निर्माण गरिनु पर्ने माग राख्दै अाएकाे छ । उक्त पार्टीले व्यवस्थापिकबाट देश निर्माण गर्ने निति नियमको थलाे बनाउने मन्त्री परिषद विज्ञहरूबाट हुनुपर्ने माग राखिरहेकाे छ । यसका लागि साे पार्टीले पहिलो सर्त वर्तमान संसदीय व्यवस्थाकाे अन्त्य गरि जनताको जनवादी गणतन्त्र नेपाल निर्माण गरि जनवादी व्यवस्था मार्फत अाफ्ना मागहरू पुरा गर्नुपर्ने बताउदै अाएकाे छ । अहिले विद्धमान चालु पुँजीवादि संसदीय व्यवस्थाकाे पुर्ण रुपमा खारेज गरि अन्तरिम स्वाधीन संयुक्त सरकार अाफ्नाे पार्टी सहित निर्माण गरि साेहि सरकारले उक्त कार्यभार पुरा गर्नुपर्ने बताएको छ । जसले शिक्षा,स्वास्थ्य,राेजगार,उत्पादन लगाएका तमाम समस्याहरु हल गर्दै जानुपर्ने बताएकाे छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस