कपिलवस्तुकाे कृष्णनगरमा सरकारी गाडीमै हुन्छ तस्करी

मिति २०७९/०७/२४ गते दिन बिहिवार समय बिहान १० बजे तिर चार जना महिलाले कृष्णनगर भंसार कार्यालय कृष्णनगरद्वारा देखाएको नयाँ बाटोबाट तस्करी गर्न सुरु गरेको हो ।

भंसार कृष्णनगर कृष्णनगर भंसार कार्यालयले तस्करी विरुद्ध कुरा गरे पनि केवल जनतालाई मूर्ख बनाउने काम मात्र गरेको हो । समय समयमा कृष्णनगर प्रहरी, सशस्त्र प्रहरी,पत्रकार, समाजसेवीको बैठक बोलाएता पनि कागजमा मात्र हो तस्करी रोक्ने वास्तिकमा कृष्णनगर भंसार कार्यालयको मिलोमतोमा तस्करीको काम भईरहेको हो ।

केही दिन पुर्व कृष्णनगर भंसार कार्यालय कृष्णनगरलाई भारतको बढनी देखि नेपाल रु.साढे दुई लाख (२५००००) बराबरको लुगा सरकारी गाडीमा (सेतो सुमो- नम्बर सहित) आउदै छ भनि पुर्व सूचना हुदाहुदै पनि कुनै प्रकारको कार्यवाही कृष्णनगर भंसार कार्यालय कृष्णनगरले नगर्ने कारण के त ?

कृष्णनगर भंसारको यात्रु गेट,भंसारको मुख्य बाटो, मस्जिदको नाका, लक्ष्मीनगर गाउँको उत्तर तर्फ मन्दिरको पछाडीको नाकाहरुबाट आरामले तस्करी भईरहेकाे छ ।

यात्रु गेट होस अथवा मुख्य नाका (मेन रोड) हो अथवा मस्जिदको नाका होस तस्करी हुने बेला मस्जिद लाईनको नाकामा खटिएका प्रहरी जवान हुदैनन् यसै गरि यात्रु गेटमा मौजुदा सशस्त्र प्रहरी संगसंगै कृष्णनगर भंसार कार्यालय कृष्णनगर कर्मचारीको मौजुदगीमा यात्रु गेटबाट धमाधम तस्करी हुने गरेको हुन्छ । पानी परिहेको बेला अथवा बेलुकी करिब अध्याँरो भएकालेे समय ०६:३० बजे पछि तस्करी हुने गरेको छ ।

खसी, पाडापाडीको तस्करी पनि भंसारको मिलीजुलीमा हुने गरेको हो । जब सम्मा कृष्णनगर भंसार कार्यालय कृष्णनगर समक्ष सुविधा शुल्कको नाममा पैसा पुगेको हुन्छ तब सम्म खसी, भेड बाख्रा, पाडापाडीहरुको तस्करी हुने गरेको हुन्छ । जुन दिन देखि सुविधा शुल्क पुग्दैन फलानो ठाउँमा यति मात्रामा खसी, भेडबाख्रा, पाडापाडी कृष्णनगर भंसार कार्यालय कृष्णनगरद्वारा समातिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस