अर्घाखाँची \ २३ कार्तिक बर्तमान सरकारले धोषणा गरेको निर्वाचन मसिर ४ नेपालमा रहेका अधिकाश राजनितिक दलले आफ्नो पक्षमा निर्वाचन लाई पार्नको लागि दिनरात नभई चुनाबी मावल तताईरहेको बेलामा अर्घाखाँचीमा रहेका केही राजनितिक दल नेकपा (बहुमत), नेकपा मशाल र नेकपा (क्रान्तिकारी–माओवादी)ले अर्घाखाँचीमा विरोध सहित आफ्ना कार्यक्रम जनताको माझमा ल्याएका छन् । अर्घाखाँची जिल्लाको सन्धिखकं नगरपालिकाकाे भुमिकास्थान नगरपालिकाकाे धारापानी ढाकाबाङ असुरकाेट बेलकाेट नुवाकोट लगायतका ठाउँहरु मा सयुत्त रुपमा तीन दलले कोणसभा गरेका हुन् । कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला सेक्रेटरी नविन खड्काले “सरकारले घोषणा गरेको निर्वाचन नेपाल र नेपाली जनताको पक्षमा नभएकोले खारेज गरेर नै छाड्ने बताए । नेता खड्काले नेपालमा रहेका संसदबादी दलले चुनाव नाटक मञ्चन गरेर जनताको आँखामा छारो हालेकोले नेपाली जनताले संसदीय चुनावको सशक्त विरोध गर्ने बताए । सेक्रेटरी खड्काले संसदीय व्यवस्थाको नाममा जिल्लामा रहेका राजनितिक दलले पटक पटक चुनाव जितेर शासन सत्तामा पुगेर पनि वास्तविक रुपमा जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै नेकपा मशालका नेता कृष्ण केसीले संसदीय व्यवस्थाले नेपाली जनतालाई निकास नदिने जनतालाई सरकारको अनुमुति गराउने कुरा छाडेर मुलुकमा भ्रष्टाचार अत्याचारका घटना बढाएकोले यसको अन्त्य गरेर मुलुकमा जनताको शासन सत्ता ल्याउनुपर्ने बताए । तीन दलले केही दिन अगाडि जिल्लाका विभिन्न स्थानमा कोणसभा सहित विरोध प्रर्दशन गरेका थिए ।
अर्घाखाँचीमा बहुमत लगायतका तीन राजनितिक दलको चुनाब विरोधी कार्यक्रम सम्पन्न
२०७९ कार्तिक २४ गते बिहिवार प्रकाशित
प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
-
श्रमिक पार्टीका चार जिल्लाले एकैचोटि भने : “प्रकृति बिनाशले विपत्ति निम्त्यायाे !”
-
हाम्रा सबैखाले साझा दुश्मनहरु सित लड्नु ऐतिहासिक कार्यभार हाे : युवा नेता गैरे
-
अक्सफोर्ड र हाेराईजन बाेडिङ्गहरुमा अनेरास्ववियु(क्रान्तिकारी) ले टाँग्याे कालाेब्यानर
-
देशै कै नमुना मानव कालिका मानवज्ञान मावि, बुटवलमा विद्यार्थीले बुझाए ज्ञापनपत्र
-
बुटवल उमनपा सहित तीन ठाउँमा अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र
धेरै पढिएको