
काठमाडौ / आशन्न मंसिर ४ गते हुने संसदीय चुनाबको लागि निर्वाचन बहिष्कार / अवज्ञा सभा काठमाडौमा समापन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ दलको संयुक्त आयोजनामा काठमाडौको शान्ती बाटिका बाट सुरु भएको उक्त र्याली रत्नपार्क , न्युरोड र सहिद गेट परिक्रमा गरि पुन शान्ती बाटिकामा कोणसभामा परिणत भएको हो ।
कार्यक्रममा बोल्दै नेकपा ( बहुमत ) का संयोजक धर्मेन्द्र बास्तोला ` कन्चन ´ ले “देशमा भ्रष्टाचार बढ्दै छ” ` देशमा ठूलो टाउर बन्न सक्ला, ठुला सडक बन्न सक्ला तर त्यो एमसिसिको लागि मात्र बन्न सक्ने र बन्द भएका नेपाली जनताको ३५ हजार उद्योग खुल्न नसक्ने उनले बताए । उनका अनुसार नेपालमा दलाल पुजीवादीको संसदीय व्यवस्था भएकोले देशको संविधान परिवर्तन गर्न जनता सडकमा आउनुपर्ने र नेपालको दुश्मन भोकमरी, अशान्ति, अशिक्षा र रोग संसदीय व्यवस्थाले निम्ताएको संयोजक धर्मेन्द्र बास्तोला ` कन्चन ´ ले बताएका छन ।
उक्त बिरोध सभामा ४ पार्टीका नेताहरु क्रान्तिकारी माओवादी का महासचिव मोहन वैध ` किरण ´ , नेकपा ( बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपा (मशाल)का महासचिव सन्त बहादुर नेपाली , माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सम्बोधन गरेका थिए । कार्यक्रममा ५०० भन्दा बढिको सहभागी रहेको थियो ।