
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न गरेको छ । रुकुममा भएको उक्त राजनीतिक तथा वैचारिक प्रशिक्षणमा पुर्व रुकुम,सल्यान र पश्चिम रुकुम गरेर तीन जिल्लाका जिल्ला स्तरीय नेताहरूलाई संयुक्त रुपमा प्रशिक्षण सम्पन्न गरिएको पश्चिम रुकुम जिल्ला ईन्चार्ज तथा नवाैं महाधिवेशन अायाेजक समिति सदस्य सदस्य गतिले बताउनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लिएको राजनीतिक कार्यक्रम र अासन्न निर्वाचनकाे अवज्ञा बारेमा प्रशिक्षण चलाईएकाे बताउनुभएको छ । उक्त प्रशिक्षणका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज सार्दुलले वर्तमान पुँजीवादि संसदीय सत्ता निर्वाचन सम्पन्न गरेता पनि उक्त निर्वाचन पछि पनि बन्ने सरकार वा सुदृढ व्यवस्थाले भ्रष्टाचार,अनियमितता,राष्ट्रघात,जनघात,अस्थिरता अराजकता नैनिम्याउने भएको हुदाँ उक्त निर्वाचन अवज्ञा गर्न अाह्वान गर्नु भएकाे छ । यस अवज्ञा कार्यलाई अगाडि बढाउन पार्टीका हाम्रा नेता कार्यकर्ता गाउँ गाउँ शहर शहरमा जनताहरुको बिचमा पुगिरहेकाे समेत जिकिर गर्नु भएको छ । कार्यक्रमकाे सभाअध्यक्ष नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कमरेड गति,स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा रुकुम पुर्व ईन्चार्ज हिरामणि र संचालन केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज माेतिरामले गर्नु भएको थियोे । प्रशिक्षणका तस्बिरहरू