पाल्पाको सत्यवति मेलामा नेकपा(बहुमत) काे प्रचारप्रसार

पाल्पाको धार्मिक पर्यटकीय स्थल सत्यवति मेलामा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) अाफ्नाे प्रचारप्रसार गरेको छ । धार्मिक पर्यकिय स्थलका रुपमा पाल्पाको सत्यवति मेलामा हजारौं धर्मावलम्बीहरुले उक्त सत्यवतिमा मेला भर्ने गर्दछन् साेहि अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले वर्तमान संसदीय व्यवस्थाकाे अन्त्यका लागि उसले गराउने अगामि मंसिर चार गतेकाे निर्वाचनमा भाेट नहालाैं,अवज्ञा गराैं भन्दै हाते पर्चा वितरण गरेको छ । साथै पार्टीले मेलाको सार्वजनिक स्थलहरुमा संसदीय निर्वाचनकाे अवज्ञा गराैं भन्ने ठूलाठला पाेष्टरहरु टाँसेकाे छ । मेलाका लागि तिनाउ गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएकाे छ । साेहि मेलाकाे मुख्य बजार वुटवलबाट पाल्पा प्रवेश गर्ने प्रवेश गेट,सिद्धबाबा क्षेत्र,अादि मानव रामापिथेकस बङ्गरा भेटिएको स्थल,दाेभानबजार,झुम्सा बजार,पानीमिल लगायतका स्थानहरुमा पाेष्टरहरु टाँसेकाे छ ।,साथै सिद्धार्थ राजमार्गकाे पाल्पा-वुटवलकाे केराबारि,चरचरे,जाेरधारा,डुम्रे खाेला बजार लगायतका ठाउँमा समेत प्रचारप्रसार गरिएको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) पाल्पा जिल्ला कार्यलय सचिव माेहन विक्रमले जानकारी दिनु भयो । टाँसिएका पाेष्टरहरु

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस