उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानी क्षेत्र पार,घरभित्रै बस्न सरकारकाे आग्रह

उत्तर कोरियाले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र जापानीज क्षेत्र पार गरेको छ । उक्त क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन आग्रह गरिएको छ । बुधबार मात्रै १० वटा क्षेप्यास्त्र लगातार एकै समयमा हानेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस