
रुपन्देही क्षेत्र नम्बर २ बाट उठेका उमेदवार गणेश पाैडेलकाे घर अगाडि गेट नीर राखिएको बम नेपाली सेनाको डिस्पाेजल टाेलिले निष्क्रिय बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहेका गणेश पौडेलको घरकाे गेट अगाडि अाज विहान घरको गेटमा प्रेसर कुकर बम अपरिचित समुहले राखेको थियोे । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । कार्टुनमा खतरा लेखेर राखेको वस्तु प्रेसर कुकर बम रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार