
सुर्खेतमा बाढी पीडितहरुले विभिन्न माग राख्दै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् । बराहताल गाउँपालिका–२ गिरीघाटमा रहेका बाढी पीडितले पुनःस्थापनाको माग गर्दै सडक अवरुद्ध गरेका हुन् । बिक्रम सम्वत् २०७१ सालमा बाढी पहिरोबाट विस्थापित भएकाहरु गिरीघाटमा बस्दै आएका थिए । भेरी नदीमा बाढी पसेपछि पक्का,रानीघाट, इखेनीका बस्तीका नागरिकहरु विस्थापित भएका थिए । विस्थापित तिनै नागरिकहरुले अाज सडक अवरुद्ध गरेका हुन्,अहिले उक्त अवरुद्घ प्रश्चात कर्णाली राजमार्गमा आजत–जावत गर्ने सवारी साधनहरू ठप्प भएका छन् ।
प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार