दार्चुला घटना : भारतले सूचना बिना विस्फोट गराउनु कानुनको उल्लंघन भयो : नेकपा(बहुमत)

दार्चुलामा भारतीय निर्माण कम्पनीले बाटो निर्माणका क्रममा विष्फोट भई ढुङ्गा उछ्छिट्टिएर नेपाल तर्फ बाटोमा हिडिरहेका एक बालककाे मृत्युु भए पछि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) दार्चुलाले एक विज्ञप्ति जारी गर्दै भनेको छ भारतले सूचना बिना विस्फोट गराउनु भनेको अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएकाे जनाएको छ , साथै उक्त विज्ञप्तिमा भनिएको छ ‘दुम्लिङ स्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालक पवनको हत्याले भारतिय शासकको हेपाह र बिस्तारवादी रबैया थप नाङ्गो भएको छ ।’
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) दार्चुलाले निकालेको विज्ञप्ति जस्ताको त्यस्तै :
“भारतले हाम्रो मुलुकको सिमा क्षेत्रमा विस्फोट गराउदा दार्चुलाको व्यास गाउँपालिका-२ दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु र केही घाइते सहित धनजन क्षति भएको घटनाको घोर निन्दा तथा भ्रत्सना गर्दछौं ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिना सूचना विस्फोट गराएर अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको छ । दुम्लिङ स्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालक पवनको हत्याले भारतिय शासकको हेपाह र बिस्तारवादी रबैया थप नाङ्गो भएको छ ।
यस्ता घटना बारम्बार दोहोरिदा समेत मौनता रहने दलाल राज्य सत्ताको लाचारीताले उसको दलाली चरीत्र थप प्रष्ट भएको छ ।
जनताको करमाथी रजाइ गर्दै जनतामाथी हत्या,हिंसा,बलात्कार लुट,महँगी र भ्रष्टाचार थोपर्दै आएको दलाल सत्ता र संसदिय व्यवस्था प्रती आम जनताले तिब्र रुपमा विद्रोह गर्न अपिल गर्दछौं । पटकपटक नेपाली भुमी र जनता माथी हुने हर्कत तुरुन्तै रोकी नेपाली जनतासँग माफी माग्न भारतीय शासकलाई चेतावनी दिन चाहन्छौ ।
मृतक पवन महरा प्रती हार्दिक श्रद्धाञ्जली घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना सहित पीडित परिवारलाई न्याय र क्षतिपूर्तिको जोडदार माग गर्दछौ ।”

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस