नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय स्कुलिङ कार्यक्रम (७-११ कात्तिक, २०७९) भर्खरै सम्पन्न भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा स्कुलिङ परम्परामा यो पृथक विशेषतायुक्त र ऐतिहासिक रहेको छ । विज्ञानसम्मत तरिकाले नवीनताको खोज गर्नु यसको मूल विशेषता हो । स्कुलिङ विभागका हामी एकाध सदस्यबाहेक पार्टीका अन्य सबै केन्द्रीय सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको यो कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कमरेड कञ्चन, प्रवक्ता तथा स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज कमरेड सुदर्शन, कार्यालय सदस्यद्वय क. प्रविर र क. दिपक आ–आफ्नो विषयको प्रस्तोता हुनुहुन्थ्यो । यो स्कुलिङ कार्यक्रमले सत्यको अन्वेषणमा महत्त्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको छ ।
स्कुलिङका सन्दर्भमा एउटा सन्दर्भ बेला-बेलामा चर्चामा आइरहन्छ । एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एकजना ठुला विद्वान्कहाँ लिएर गएछन् । गुरुकहाँ पुगेपछि ती अभिभावकले भनेछन् कि मेरो यो जेठो छोरोले तीन वर्षजति अर्का एक विद्वान्कहाँ बसेर पढिसकेको छ । यसलाई अलिअलि थपथाप बुद्धि र ज्ञान दिएर पारङ्गत गराइदिनुहोला अनि यो मेरो कान्छो छोरोलाई भने पुरै पारङ्गत बनाइदिनुहोला । यिनीहरू पारङ्गत हुन कति वर्ष लाग्ला गुरु ? अभिभावकको त्यस्तो कुरा सुनेपछि गुरुले भन्नुभएछ– कान्छोलाई त म तीन वर्षमै पारङ्गत बनाउन सकिन्छ तर जेठोलाई त छ वर्ष लाग्छ । गुरुको कुरा सुनेर ती अभिभावक आश्चर्यचकति भएछन् र फेरि सोधेछन्– किन यस्तो गुरु ? गुरुले शालिन शैलीमा जबाफ दिनुभएछ– जेठोलाई पुराना कुडाकर्कट फ्याँक्न तीन वर्ष र नयाँ विचार दिन अर्को तीन वर्ष गरी छ वर्ष लाग्छ, तर कान्छोको दिमागमा कुनै कुडाकर्कट नभएकोले तीन वर्षमै पारङ्गत बनाउन सकिन्छ ।
स्कुलिङ भनेको कुटाकर्कट सफा गर्ने प्रक्रिया पनि हो । स्कुलिङ भनेको विश्वदृष्टिकोण निर्माण गर्ने प्रश्न पनि हो । विश्वदृष्टिकोण भनेको प्रकृति, मानव–समाज र मानवीय चिन्तनको गतिको विकाससम्बन्धी दार्शनिक मान्यता हो । विश्वमा आदर्शवाद, अभिभूतवाद, भँडुवावाद, सार–सङ्ग्रहवाद र बहुलवाद सार बोकेको पुँजीवादी संशोधनवादी विश्वदृष्टिकोण एकातिर छ भने अर्कोतिर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी सुसङ्गत र अखण्ड विश्वदृष्टिकोण रहेको छ । आज यो माक्र्सवादी–लेनिनवादी–माओवादी अर्थात् मालेमावादी विश्वदृष्टिकोणमा विकास भएको छ । यही मालेमावादी विश्वदृष्टिकोणद्वारा समृद्ध कम्युनिस्टले मात्र आफ्नो सही राजनीतिक तथा फौजी कार्यदशिाको निर्धारण गर्दछन् । स्कुलिङ मूलतः विचारधारात्मक काम हो । मानिस वैचारिक प्राणी भएकोले उसको हर–व्यवहार आफ्नो विचारधाराको आधारमा हुने गर्दछ । मानिस र अन्य प्राणीबिचमा फरक हुनुको कारण पनि विचारधारात्मक प्रश्न नै हो । अन्य प्राणी प्रकृतिको नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् तर मानिसले प्रकृतिको नियन्त्रणलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्दछ । मानिस उन्नतशील मस्तिष्कसहितको विकसित प्राणी पनि हो । माओले भन्नुभएजस्तै विचार कुनै आकासबाट झर्ने नभएर दैनिक व्यवहारबाट पैदा हुन्छ । उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगलाई माओले व्यवहार भन्नुभएको छ । वर्गसङ्घर्षलाई ठीक ढङ्गले सञ्चालन गर्न क्रान्तिकारी सिद्धान्त अनिवार्य हुन्छ । क्रान्तिकारी व्यवहारलाई सिद्धान्तमा रूपान्तरण गर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । यसमा स्कुलिङको महत्वपूर्ण भूमिका हुन्छ ।
वर्गसङ्घर्षमा आधारभूतरूप देखिन्छ कि आधारभूत वर्ग, जाति र पिछडिएको स्थानबाट आएका कमरेडहरूमा सापेक्षितरूपमा इमानदारिता, क्रान्तिकारिता र दुःख-कष्ट उठाउन सक्ने गुण देखिन्छ भने सहरी क्षेत्र र सुविधासम्पन्न ठाउँमा आर्थिक–आधार र वर्गचिन्तनको सुषुप्त प्रभावका कारण निम्न पुँजीवादी अरूचि देखा पर्दछ । हामीले वैज्ञानिक समाजवादी क्रान्तिको स्कुलिङमार्फत सच्चा कम्युनस्टि रूपान्तरणको प्रक्रियाद्वारा एकरूपतामा लैजानुपर्दछ । जति–जति वर्गसङ्घर्षको तीब्र हुँदै जान्छ, उति–उति हामी व्यस्तताबाट गुज्रँदै जानेछौँ, जसको कारण वैचारिक काम पछि पर्न सक्तछ । वैचारिक काम केन्द्रीय नेताको मात्र होइन, यो हामी सबैको एजेन्डा हुनुपर्दछ । स्वभावतः मुख्य वैचारिक कामको जिम्मेवारी उपल्लोस्तरको नेतृत्वको काँधमा भए पनि तत्–तत् स्थान र नेतृत्व–कार्यकर्ताले वैचारिक काम गरिरहनुपर्दछ । क्रान्तिकारी विचारलाई जनतासम्म पुरयाउने र जनताबाट नेतृत्वसम्म पु¥याउने काम त्यही नेता–कार्यकताको तहबाट भइरहेको हुन्छ । वैचारिक काम पनि वर्गसङ्घर्षको महत्वपूर्ण मोर्चा हो भन्ने कुरा हामीले कहिल्यै भुल्नुहुँदैन ।
कामको चापाचाप र समयको उचित व्यवस्थापनको अभावले स्कुलिङ नभएको बेला तत्कालीन राजनीतिक प्रशिक्षणले योजनामा होमिन सहयोग पु¥याउँछ तर त्यसले आधारभूत वैचारिक आवश्यकता पूरा गर्दैन । पार्टीभित्र नयाँ नेता-कार्यकर्ताको धु्वी-रण भइरहने र स्कुलिङ व्यवस्थित र नियमित नहुने हो भने त्यसले भद्रगोल र अराजकता निम्त्याउँछ । स्कुलिङको अभावमा नेतृत्व-कार्यकर्ताको वैचारिक क्षमतामा विकास हुँदैन, जसका कारण कार्यक्षेत्रमा समस्या देखा पर्दछ । स्कुलिङको अभावमा जनताबिचको अन्तर्विरोधलाई ठीक ढङ्गले बुझ्ने र सही ढङ्गले हल नगर्ने, ठोस परिस्थितिको ठोस विश्लेषणसहित अग्रगामी कार्ययोजना निर्माण नगर्ने, क्रान्तिको मित्रशक्तिलाई गोलबन्द गर्ने र सत्रुलाई एक्ल्याउने, जनता क्रान्तिको मुख्य शक्ति हो, जनतासँग गहिरो सम्बन्ध बनाउनुपर्दछ भन्ने कुरालाई बिर्सने, राजनीतिक विश्लेषणका आधारमा दुश्मनले फैलाउने गोयवल्स प्रचारको जनतासमक्ष समयमै प्रस्ट पार्न नसक्ने, दक्षिणपन्थी, संशोधनवादी र छद्म संशोधनवादीहरूको कूतर्क र विभ्रमको तर्कपूर्ण र तथ्यसङ्गत ढङ्गले खण्डन गर्न नसक्नेजस्ता समस्या देखा पर्छन् । वैचारिक प्रस्टता र परिपक्वताको अभावले पलायनतालाई पनि निम्त्याउँछ । तत् तत् ठाउँमा नयाँ-नयाँ नेतृत्व र कार्यकर्ताको पङ्क्तिलाई वैचारिकरूपले परिपक्व बनाउने मूल आधार भनेकै व्यवस्थित स्कुलिङ प्रणाली हो ।
वैचारिक क्षमताको विकास भनेको क्रान्तिकारी सिद्धान्तलाई सही ढङ्गले बुझ्ने र व्याख्या गर्ने अनि व्यवहारमा लागू गर्ने क्षमताको अभिवृद्धि गर्ने प्रक्रिया हो । वर्गसङ्घर्षको महान् प्रक्रियामा सबै मानसि एकैपटक क्रान्तिकारी विचारले लैस भएर आएका हुँदैनन् । प्रारम्भमा मानिसहरू क्रान्तिकारी व्यवहारमा सहभागी हुन्छन् । विस्तारै उनीहरू क्रान्तिकारी सिद्धान्तसँग परिचित हुन्छन् अनि आफ्नो वैचारिक-राजनीतिक क्षमताको विकास प्रक्रियामा अघि बढ्छन् । क्रान्तिकारी व्यवहार र सैद्धान्तिक अध्ययनबाट वैचारिक क्षमतालाई वृद्धि गर्न सकिन्छ । वैचारिक क्षमता भनेको क्रान्तिकारी सिद्धान्तमा पोख्त हुनु मात्र होइन, यो माक्र्सवादको पाण्डित्याइँ छाट्नु पनि होइन; यो त क्रान्तिको ठोस व्यवहारसँग जोड्नु र जोडिनु हो । व्यवहारविनाको सिद्धान्त लङ्गडो हुन्छ, सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ भन्ने स्टालिनको भनाइ निकै मर्मयुक्त छ । अध्ययनका लागि अध्ययन, सिद्धान्तबाट सिद्धान्त गलत प्रक्रिया हुन् । हामीलाई विश्वास छ कि वैज्ञानिक समाजवादी क्रान्तिको स्कुलिङले नेपालको समकालीन जटिल राजनीतिक एवम् वर्गसङ्घर्षको गाँठो फुकाउन महत्त्वपूर्ण सहयोग गर्नेछ ।
स्कुलिङका आधारभूत र तत्कालीन विषय हुन्छन् । यसका विभिन्न तहगत श्रेणी पनि हुन्छन् । कुनै बेला अन्तर्राष्ट्रिय परिस्थितिसँगै नेपालको वर्गसङ्घर्षका इतिहास र अवस्थाबारे स्कुलिङ हुन्थ्यो । त्यसपछि जनयुद्धबारे स्कुलिङ भयो अनि रणनीतिक रक्षाको चरणमा जनसेनाको निर्माण र छापामार युद्धको विकाससम्बन्धी स्कुलिङ भयो । रणनीतिक प्रत्याक्रमणको चरणमा मोर्चाबद्ध लडाइँको विकास, स्थानीय जनसत्ताको आर्थिक, राजनीतिक काम, जनसम्बन्धजस्ता विषयमा स्कुलिङ भए । त्यसपछि प्रत्याक्रमणको व्यावहारिक प्रक्रियाबारे स्कुलिङ भए । माओको नेतृत्वमा चीनमा सम्पन्न भएको रणनीतिक प्रत्याक्रमणलाई नेपालको विशेषतामा कसरी लागू गर्ने भन्ने विषयमा पनि स्कुलिङ भयो । रणनीतिक रक्षा र सन्तुलनबारे, संविधानसभा, जनसंवधिान, चार आधार र चार तयारीका विषयमा स्कुलिङ भए । बिचका केही समय ‘एकीकृत जनक्रान्ति’ पनि स्कुलिङ भए । अहिले हामी त्यो ‘एकीकृत जनक्रान्ति’ बाट सम्बन्ध-विच्छेद गरेर वैज्ञानिक समाजवादी स्कुलिङमा केन्द्रित भएका छौँ । समकालीन नेपाली राजनीतिमा हामी नेपाली क्रान्तिकारी कार्यभार पूरा गर्ने वैज्ञानिक समाजवादी क्रान्तिको स्कुलिङमा छौँ । कहिलेकाहीँ यस्तो पनि सुनिन्छ कि सैद्धान्तिक अध्ययन कार्यकर्ताले गर्ने विषय होइन, पार्टी नीति, योजना र कार्यक्रमलाई ठीक ढङ्गले लागू गरेपछि आफ्नो दायित्व पूरा हुन्छ, जुन कुरा गलत हो । वर्गसङ्घर्षको प्रारम्भमा व्यावहारिक प्रक्रियाबाट गुज्रनुपरे पनि हामी त्यहाँबाट सैद्धान्तिक चरणमा उक्लनुपर्दछ । व्यावहारिक प्रक्रिया र सैद्धान्तिक प्रक्रिया परिपूरक छन् ।
ज्ञान व्यवहारबाट पनि प्राप्त गर्न सकिन्छ, ज्ञान सैद्धान्तिक अध्ययनबाट पनि प्राप्त गर्न सकिन्छ । सिद्धान्त भनेको व्यावहारिक अनुभवहरूको वैज्ञानिक संश्लेषण हो । हाम्रो स्कुलिङ प्रक्रिया सरलबाट जटिलतातिर जाने हुनुपर्दछ । सरलताबाट जटिलतातिर व्यवस्थित स्कुलिङ पद्धति हो । नेपाल कम्युनस्टि पार्टी (बहुमत) ले गम्भीरतापूर्वक छलफल गरेर नै केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभाग खडा गरेको छ । स्कुलिङसित स्वाध्ययनको कुरा पनि आउँछ । स्कुलिङले एउटा वैचारिक ट्र्याक दिने हो, हिँड्ने हामी आफैँ नै हौँ । सैद्धान्तिक, राजनीतिक, वैचारिक र दार्शनिकसँगै नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षसम्बन्धी पार्टीले लिएका निर्णयहरूलाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न स्कुलिङ महत्वपूर्ण हुन्छ । समकालीन दुनियाँमा नेताले जे बोले पनि सही हुन्छ र त्यसलाई कार्यकर्ता–जनताले तीन हात उफ्रेर ताली पिटेर समर्थन गर्छन् भनेर सोच्नुहुँदैन । कार्यनीतिद्वारा रणनीतिको सेवा गर्न तथा रणनीतिलाई दृढताका साथ पक्रँदै लक्षित शिखर चुम्न स्कुलिङ अनिवार्य हुन्छ । भनिन्छ नि अर्काले चपाइदएिको खाना दाँत नभएका बच्चा, बूढापाका र असशक्तहरूका लागि मात्र हो; जसको बलियो दाँत हुन्छ, ऊ आफैँले चपाएर खाएको वस्तुको स्वादजस्तो मीठो र स्वादिलो अरूले चपाएर दिएको हुँदैन । खासमा स्कुलिङ ‘कार्यनीतिक रक्षाको नाममा रणनीतिको बलिदान दिने प्रपञ्च’ विरुद्धको विचारधारात्मक मोर्चा हो । (लेखक केन्द्रीय स्कुलिङ्ग विभागको प्रशिक्षक तथा अखिल नेपाल जनसाँस्कृतिक महासंघकाे केन्द्रीय संयाेजक पनि हुनुहुन्छ)