
अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर अाक्रमण भएको छ ।
संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको हाे । शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए । उनी सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका थिए । पछि उनले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई ह्यामरले आक्रमण गरेका थिए ।
आक्रमणकारी घरभित्र छिरेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गरेका थिए । केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ ।आक्रमणबाट सभामुख कि श्रीमान पउलको टाउको, पाखुर र हात चोट लागेको छ । अस्पतालमा भर्ना भएका पउल चाँडै निको हुने चिकित्सकहरूले अपेक्षा गरेका छन् । पति पउलमाथि आक्रमण हुँदा समामुख पेलोसी वासिङ्टनमा थिइन् । नोभेम्बर ८ मा हुन लागेको मिडटर्म चुनावको केही दिनअघि मात्रै सभामुखका परिवारमाथि भएको यो आक्रमणले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।