शान्तिकाे नारा जप्ने अमेरिकाका स्कुलहरुमा सन् २०२२ मा मात्रै २५७ बन्दुक आक्रमण भएका छन् । संयुक्त राज्य अमेरिकामा विद्यालयहरुमा हुने गरेका हिंसाका घटनाहरु सन् २०२२ मा झन् धेरै भएका हुन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पत्ता लगाएको हो । सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयहरुमा बन्दुक आक्रमणका घटना बढी देखिएको छ ।
सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकाेमा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको छ । सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए । अमेरिकामा सन् २०१८ देखि २०२२ सम्ममा भएका यस्ता हिंसाका घटनाबाट कम्तीमा पनि ५२ जनाको ज्यान गएको छ । अमेरिकाले भने अाफ्नाे देशमा कुनै पनि प्रकारकाे हिंसाबाट सिकार नभएको दाबी गरिरहेकाे कुरालाई याे घटनाले अब अमेरिकाले लगाउने गरेको शान्तिकाे नारा मिथ्या साबित भएको अन्तर्राष्ट्रिय विज्ञहरू बताउने गरेका छन् ।