उत्तर कोरियाद्धारा दुई वटा मिसाइल प्रहार ,दक्षिण कोरिया र अमेरिका तनावग्रस्त

उत्तर कोरियाले छोटो दुरीका दुईवटा ब्यालेष्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले शुक्रबार बिहान स्थानीय समयअनुसार बिहान ११ बजेर ५९ मिनेट र मध्यान्ह १२ बजेर १८ मिनेटमा दुईवटा ब्यालेष्टिक मिसाइल प्रहार गरेको हाे । प्रहार गरे संगै दक्षिण काेरिया लगायत अमेरिकालाई समेत तनावग्रस्त बनाएको छ । दुईवटै मिसाइल कोरियाली प्रायद्वीपको पूर्वी तटबाट पानीमा हानिएको थियो । उत्तर कोरियाले मिसाइल प्रहार गरेसँगै कोरियाली प्रायद्वीपमा तनाव थपिएको छ  ।

अमेरिकी सेनाले शुक्रबारको मिसाइल प्रहारबाट आफ्नो मुलुक, कर्मचारी र आफ्ना सहयोगीहरुलाई कुनै खतरा नरहेको दाबी गरिहेकाे छ । शुक्रबार प्रहार भएका दुई  मिसाइलसहित उत्तर कोरियाले सन् २०२२ को अहिलेसम्ममा २८ वटा साना/ठूला मिसाइल हानेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस