भारतिय हेपाहा प्रवृत्तिका कारणले एक नेपाली बालकको मृत्यु

भारतिय हेपाहा प्रवृत्तिका कारणले एक नेपाली बालकको मृत्यु भएको छ । दार्चुलाको व्यास गाउँपालिका–२ तम्बाकुमा भारतले गराएको विष्फोटबाट ढुंगा उछिट्टिएर नेपालकाे बाटोमा हिडिरहेका बालकको मृत्यु भएको हाे । शुक्रबार बिहान तम्बाकुबाट घर फर्किने क्रममा बाटोमा हिडिरहेकाे अवस्थामा पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर व्यास गाउँपालिका–२ का हिक्मत महराका ९ वर्षीय छोरा पवन महराको मृत्यु भएको हाे । आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको पारी भारतबाट आएको ढुंगाले उनलाई लागेकाे थियोे । पवनसँगै हिडिरहेकी उनकी बहिनी समेत पारीबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छिन् ।

भारत पिथौरागढ जिल्लाको दार्चुला अन्तर्गतको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै जानकारी नदिइ विस्फोट गराएकाे हाे । उक्त संवेदनशील अवस्थामा कुनै नागरिकहरुलाई निषेध गरेर मात्रै कार्यसंचालन गर्नु पर्छ तर भारतले नेपाली नागरिकको प्रभाहा नगरि विष्फोट गराएको हाे । भारतीय हेपाहा प्रवृत्तिका घटनाहरुले बेला बेलामा दार्चुलामा नेपाली नागरिकहरुकाे ज्यान लिने गरि रहेको छ ।यसअघि पनि पनि भारतीय एसएसपि फाेर्सले तुईन तरिरहेका नेपाली युवककाे तुईन काटि नदिमा खसालेर हत्या गरेको थियोे । अहिले दुम्लिङ्देखि माथिल्लो क्षेत्रमा भारतीय पक्ष नेपालतर्फको सीमा क्षेत्रमा व्यापक नोक्सान हुने गरी सीमा पारी सडक निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस