
अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत) निकट अर्घा जनसाँस्कृतिक परिवारद्धारा जनवादि देउसि भैलाे कार्यक्रम व्यापक रुपमा संचालन गरिरहेको छ । नेपालीहरुकाे दाेस्राे धार्मिक पर्व तिहारकाे अवसर पारी उक्त कार्यक्रम गरिएको अर्घा जनसाँस्कृतिक परिवारका संयाेजक पदम नेपालीले बताउनुभयो । उक्त देउसि भैलाे कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति अर्घाखाँचीकाे अायाेजनामा पार्टी जिल्ला सचिव नवीन खड्का “बारुद” त्यस्तै जिल्ला प्रचारप्रसार विभाग प्रमुख अनिल नेपाली,युवा जनस्वयम् सेवकका जिल्ला अध्यक्ष सुनिल गरि ३५ जनाको नियमित उपस्थितिमा चलिरहेको छ । यस्तै कार्यक्रम जिल्लाका प्रमुख शहर र गाउँपालिकाका मुख्य शहरहरुमा केन्द्रित गरि अगामि मंसिर ४ गते हुन लागिरहेको केन्द्रीय,प्रादेशिक चुनावलाई नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले अवज्ञा गर्ने कार्यक्रमका बारेमा ठाउँ ठाउँमा पर्चा वितरण एवम् जिल्ला सचिव नविनले सम्बाेधन गर्दै भण्डाफाेर समेत गरिएको बताईएकाे छ । उक्त अर्घा जनसाँस्कृतिक परिवार नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति अर्घाखाँची निकट रहि १५ सदस्यीय टाेलिकाे संचालित रहेको छ ।