
दोस्रो विश्वयुद्धपछि याे दशक सबैभन्दा खतरनाक अवस्थामा पुगेकाे रुषि राष्ट्रपति पुटिनले जिकिर गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको बताएका छन्,बिहीबारको सम्बोधन गर्दै पुटिनले यस्तो प्रक्रिया दिएका हुन् । वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाएका छन् । यो भाषणको ठिक एक दिन अघि, उनले एक नियमित आणविक अभ्यासको निरीक्षण गरेका थिए जसमा शत्रुबाट भारी परमाणु आक्रमण पछि परमाणु आक्रमणको प्रतिकार गर्ने अभ्यास समावेश भएको थियो । आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले भने, ‘रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे हामीले कहिल्यै अगाडि बढेर केही भनेका छैंनाैं । हामीले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएका हाैं ।’ एजेन्सी