भारतमा नेकपा(बहुमत) प्रवासी नेपाली एकता मञ्चकाे जनवादी देउसि भैलाे कार्यक्रम सम्पन्न हुदै

भारतमा नेकपा(बहुमत) निकट प्रवासी नेपाली एकता मञ्चले जनवादी देउसि भैलाे कार्यक्रम अाज सम्पन्न गर्ने भएको छ । भारतकाे कर्नाटका राज्य समिति महादेवपुरा नगर समितिकाे मध्य बैङ्गलोरमा जनवादी देउसी भैलो कार्यक्रम चलिरहेको मञ्चका केन्द्रीय सचिव देबेन्द्र रावल बताउनुभयो । देउसि भैलाे कार्यक्रमकाे केन्द्रीय उपाध्यक्ष तेज तिरुवाले नेतृत्व गर्नु भएको छ भने कार्यक्रममा ६० जनाको प्रत्यक्ष नियमित उपस्थितिमा चलिरहेको छ । उक्त भैलाे कार्यक्रम अाज राति सकिने बताईएकाे छ भने भैलाे कार्यक्रम अगामि मंसिर ४ गते हुन लागेको निर्वाचनलाई नेकपा(बहुमत) ले गर्न लागेको अवज्ञा कार्यक्रम बारे पनि प्रचारप्रसार गरिएको उपाध्यक्ष तेज तिरुवाले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस