रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्धारा रणनीतिक आणविक बलकाे अभ्यासकाे निरीक्षण गरेका छन् । युक्रेनमा भएको आक्रमणपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी रणनीतिक आणविक बलको वार्षिक अभ्यासको निरीक्षण गरेका छन् । क्रेमलिनले ब्यालिस्टिक र क्रूज मिसाइलहरू सुदूर पूर्व र आर्कटिकमा प्रक्षेपण गरिएको बताईएको छ । यी प्रक्षेपणहरू यस्तो समयमा गरिएका छन् जब रुसले युक्रेनमाथि ‘डर्टी बम’ प्रयोग गरेको आरोप छ । डर्टी बम यस्तो हतियार हो जसमा परम्परागत विस्फोटकहरू बाहेक रेडियोधर्मी पदार्थहरू समावेश हुन्छन् । फ्रान्स, बेलायत र अमेरिकाले पनि रुसको दाबीलाई अस्वीकार गरेका छन् । युक्रेनले भने रुसको दाबीले उसले यस्तो आक्रमणको तयारी गरिरहेको सङ्केत दिएको आरोप लगाएको छ । रुसले युक्रेनमा आक्रमण हुनुभन्दा पाँच दिनअगाडि परमाणु अभ्यास गरेको थियो । एजेन्सि
प्रकाशित मिति : २०७९ कार्तिक १० गते बिहिवार