पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चिन जादै

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चिन जाने भएका छन् । यही कात्तिक १५ गते चीन भ्रमणमा जानुहुने भएको हाे । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुई दिने भ्रमण गर्न लागेका हुन् । बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री सरिफले चीन भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नाका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा गर्नेछन् ।

प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको पनि बताईएको छ । द्विपक्षीय सहयोग अभिवृद्धि गर्न भ्रमण फलदायी हुने अपेक्षा पनि राखिएको छ । पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा बहुअर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ । अन्य तीनवटा यस्तै परियोजना भित्र्याउने सोचमा पाकिस्तान रहेको र त्यस विषयमा चीनसँग पाकिस्तानले प्राथमिकताका साथ छलफल गर्ने पाकिस्तानी विदेश मन्त्रालयले बताएको छ ।                                    एजेन्सि                         

प्रकाशित मिति : २०७९ कार्तिक १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस