नेपाल कम्युनिस्ट पार्टी(बहुमत)काे सात दिने केन्द्रिय कार्यशाला कार्यक्रम काठमाडौंमा

नेपाल कम्युनिस्ट पार्टी(बहुमत)काे सात दिने केन्द्रिय कार्यशाला कार्यक्रम काठमाडौंमा चलिरहेको छ । यहीँ कार्तिक ७ गते शुरु भएको कार्यशालामा १) विश्व कम्युनिस्ट कम्युनिस्ट अान्दोलन र कार्यदिशा बारे उक्त पार्टीका नवाैं महाधिवेशन अायाेजक समितिका केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला”कंचन”, २) दर्शन बारे केन्द्रीय प्रवक्ता हेमन्त प्रकाश अाेलि “सुदर्शन”, ३) राजनीतिक अर्थशास्त्र र कार्यदिशा बारे केन्द्रीय कार्यलय सचिव तथा सदस्य गुणराज लाेहाेनि, ४) संगठन बारे केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने “दिपक”, र ५) साैन्दर्यशास्त्र बारे नवाैं महाधिवेशन अायाेजक समितिका सदस्य खेम थपलियाले कार्यपत्र पेश गर्नु भएको छ । उक्त कार्यपत्र माथि उक्त पार्टीका केन्द्रीय कार्यलय सदस्य,केन्द्रीय सचिवालय सदस्य,केन्द्रीय विभिन्न तहमा रहेका प्रमुख नेताहरूकाे उपस्थितिमा छलफल चलिरहेकाे केन्द्रीय कार्यलय सचिव गुणराज लाेहाेनिले बताउनुभयो । उक्त पाँच शिर्षकमा प्रस्तुत भएको कार्यपत्र माथि उपस्थिति केन्द्रीय तहका उच्च नेताहरूले अाअाफ्नाे धारणा,टिप्पणी र सुझाव राख्ने समेत बुझिएको छ । उक्त कार्यशाला यहीँ कार्तिक १४ गते सकिने छ । तस्बिरहरू

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस