काभ्रेपलान्चोकमा नेकपा(बहुमत) का नेताकार्यकर्ताले गरे जनश्रमदान

काभ्रेपलान्चोक जिल्लाकाे पाँचखाल नगरपालिकामा नेकपा(बहुमत) का नेताकार्यकर्ताले जनश्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को केन्द्रीय निति अनुसार राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान अन्तर्गत जनभेटघाट तथा जनताकाे पार्टी नेताकार्यकर्ता जोड्ने अभियानका क्रममा जनश्रमदान गरिएको हाे । उक्त पार्टीका जिल्ला संयोजक किरणको नेतृत्वमा १२ जना सहभागीतामा पाँचखाल नगरपालिका वडा नम्बर १२ काे श्रीराम पार्टी नीर जनताको धान उठाएर श्रमदान गरेका थिए । जनश्रमदान कार्यक्रममा नेकपा(बहुमत)का जवस मोर्चाकाे बागमती (पुर्वी तामसालिङ) व्युरो ईन्चार्ज अजय पनि सहभागी हुनुहुन्थ्यो । उक्त श्रमदान गरिएको जिल्ला कार्यलय सचिव तथा युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य असलले बताउनुभयो । यतिबेला नेपाली हिन्दु धर्मावलम्बीहरुकाे दाेस्राे पर्व तिहार र छठ पर्व अाएता पनि जनताले बर्षदिनकाे बालि स्याहार्ने हतारो भएकाले हामीले जनताको दुखसुखमा सधैं साथ दिएको समेत उहाँले बताउनुभयो । तस्बिरहरू 

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस