५१ लाख जरिवाना सहित ३१६ व्यापारी कार्वाही

५१ लाख जरिवाना सहित ३१६ व्यापारी फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं र तिहारमा बजार अनुगमनका क्रममा कार्वाही गरेको छ । बजार अनुगमनका क्रममा ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । विभागकाअनुसार यस अवधिमा २७ वटा वस्तु तथा सेवा क्षेत्रमा १४ सय २६ वटा अनुगमन भएको छ । सबैभन्दा धेरै अनुगमन खाद्य वस्तु क्षेत्रमा भएको छ । खाद्यान्नका १४७, लत्ता कपडाका ३० र मार्ट तथा मिनीमार्टमा १३ वटामा अनुगमन भएको थियो । जसमध्ये ४१३ वटा फर्मबाट थप कागजात माग गरिएको र ७२ वटा फर्मको वस्तु नष्ट समेत गरिएको छ । नष्ट गरिएका वस्तुको बजारकाे मूल्य ३० लाख रुपैयाँ बराबरको छ । ६१६ वटा फर्म अनुगमनमा क्रममा सामान्य अवस्थामा भेटिएका थिए । यस अवधिमा बजार अनुगमनका लागि ३९२ वटा टोली परिचालन गरिएको छ । तस्बिर : फाईल

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस