अर्घाखाँचीमा भाेट माग्न गएका दलका नेताहरुलाई जनताले लखेटे

अर्घाखाँचीमा भाेट माग्न गएका दलका नेतालाई जनताहरुले लखेटे भाेट माग्न गएका दलका नेताहरुलाई जनताले लखेटेका छन् । अर्घाखाँचीमा भाेट माग्न गएका नेकपा (एमाले)का उम्मेदवारलाई मतदाताले लखेटेका हुन् । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–२ स्थित भलाडाँडामा मंगलबार बिहान भाेट माग्न पुगेकाे नेकपा(एमाले) की प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार बिजुला रायमाझीसहितकाे टाेलीलाई मतदातले लखेटेकाे स्थानीयले बिएल नेपालीले जानकारी दिए। अरू समय जनताकाे पिर मर्का नबुझ्ने तर चुनावमा मात्रै दैलाेमा ढुक्ने प्रवृत्तिबाट वाक्क भएका कारण एमाले उम्मेदवारहरूलाई भाेट नदिने निर्णय गरेकाे स्थानीयले बताए । अरूबेला वास्ता नगर्ने नेताहरू अहिले चुनाव आएपछि हात जाेड्दै घरमा आउनुभएकाे थियाे, एक युवकले टेलिफाेनमा कुरा गर्दै भने, ‘उहाँहरूले बाेलेका प्रतिबद्धता पूरा गर्नुहुन्न,चुनावमा मात्रै हामीलाई खाेज्नुहुन्छ, हामीलाई आवश्यक पर्दा उहाँहरूकाे नाक मुख देख्न पाइन्न भने हामीले किन भाेट दिने ? उहाँहरूलाई ठाडै जवाफ दिएर फर्काएका हाैँ। हामिले चुनावै बहिष्कार गर्छाैँ ।’  तस्बिर फाेटाफाईल

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस