मकवानपुरमा जुवा खेल्दा खेल्दै ३४ जना पक्राउ

मकवानपुरमा जुवा खेल्दा खेल्दै ३४ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सोमबार राति हेटौँडा उपमहानगरपालिका–११ नवलपुरबाट ३४ जना जुवाडे पक्राउ गरेको हाे । सुराकका आधारमा गएको प्रहरी टोलीले नवलपुरस्थित वैकुण्ठ बलामीको मोटर ग्यारेजबाट उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुकाे नाम गोप्य राखिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र प्रहरीले थप अनुसन्धन थालेको छ । प्रहरीले जुवाखालबाट १३ थान कौडा, १३ बुक तास र नगद ७३ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस