चीनमा सिकाे तेस्रो कार्यकाल दाेहाेरिए पछि नेपाल-चिन सम्बन्ध झन् प्रगाढ बन्दै

चीनमा तेस्रो कार्यकालको लागि सि चिनफिङ्ग दाेहाेरिए पछि नेपाल-चिन सम्बन्ध झन् प्रगाढ बन्ने भएको छ । चीनले नेपाललाई सुहाउँदो र आर्थिक विकास हुने व्यवस्थालाई अघि बढाउन पनि सुझाव दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक महासचिव चयन गरे सँगै चीनको ७ सदस्यीय नयाँ स्थायी समितिले आन्तरिक र बाह्य नीति तय गर्नेछ । त्यसको प्रभाव छिमेकी नेपालमा पनि पर्नेछ । नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपति सीको नयाँ नीतिले खेल्ने भूमिका अब महत्त्वपूर्ण हुनेछ ।

चिनियाँ नीति भित्र बलियो बन्ने तर बाहिर नदेखाउने अर्थात् शान्त कूटनीति गर्ने मुलुक पर्दछ । राजनीतिक र कूटनीतिक रूपमा विश्वसामु चीन एक शान्त मुलुक हाे । सन् २०१२ मा पार्टीको १८ औं महाधिवेशनबाट महासचिव बनेका उनी २०१३ मा राष्ट्रपति भएपछि चीन एकाएक प्रभावकारी मुलुकका रूपमा देखा पर्न थाल्यो । सीले आफू सत्तामा आउनेबित्तिकै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना (त्यसबेला वान बेल्ट वान रोड) लाई अघि ल्याएर अगाडि बढ्यो । त्यसपछि चीनले लगातार रूपमा विश्वका बहुपक्षीय संस्था संयुक्त राष्ट्रसंघदेखि अन्य क्षेत्रीय संगठनहरू र द्विपक्षीय सम्बन्धमा आफ्नो अडान राख्ने र प्रभाव पार्ने गरी विचार राख्न थाल्यो । राष्ट्रपति सीले आन्तरिक र बाह्य रूपमा आफूलाई बलियो रूपमा प्रस्तुत गरे । साथै, सीले वैचारिक रूपमा पनि आफ्नै विचारधारालाई अघि बढाउने क्रममा सन् २०१७ मा भएको सीपीसीको १९ औं महाधिवेशनमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी विचारधारा’ अघि बढाए । जसलाई सन् २०१८ मा चिनियाँ संविधानलाई संशोधन गरेर समावेश पनि गरियो ।

माओत्सेतुङले चीनलाई सन् १९४९ देखि १९७६ सम्म नेतृत्व गरेका थिए । जुन बेला चीन र नेपालकाे सम्बन्ध राजा सम्म विस्तार भएको थियो । राजा महेन्द्रले चिनमै गएर माअात्सेतुङलाई भेटवार्ता समेत गरेका थिए । सीले नेतृत्व गर्नुभन्दा अघिसम्म बेइजिङले विश्वमा भइरहेका गतिविधिबारे ध्यान दिए पनि बाहिर खुलेर प्रतिक्रिया दिँदैनथ्यो । बेइजिङमा शनिबार तेस्रो पटक सीपीसीको महासचिवका रूपमा सी नियुक्त भएसँगै चीन विश्वमा थप प्रभावकारी र प्रखर रूपमा आउने आकलन गरिएको छ । त्यसैको प्रभाव स्वरूप नेपालमा पनि चीन पहिलेको भन्दा बढी झन् सम्बन्ध प्रगाढ हुने विस्वास लिईएकाे छ । सीले नै अघि सारेको बीआरआईमा नेपाल सन् २०१७ मा सदस्य मुलुक बनेको छ । नेपालमा राजाको शासनकालमा राजासँग मात्र सम्बन्ध विस्तार गरेको चीनले गणतन्त्र आएपछि सम्बन्धलाई झन् प्रगाढ बनाउदै लगेको छ ।

सीले चीनलाई नेतृत्व गरेपछि नेपालमा चिनियाँ राजदूतहरूले नेपाल चिन सम्बन्धबारे झन् प्रगाढ बनाउन थाले । त्यसको पछिल्लो उदाहरण हो, आफ्नो झन्डै चारवर्षे कार्यकाल पूरा गरी फर्कन लागेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । सीले नेपालमा नेकपाको सरकार हुँदा सन् २०१९ मा नेपालको दुईदिने राजकीय भ्रमण गरेर आफ्नो प्राथमिकतामा नेपाल रहेको प्रस्ट सन्देश पनि दिए । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक रहेको पनि बताएका थिए । साथै चीनले नेपाललाई सुहाउँदो र आर्थिक विकास हुने व्यवस्थालाई अघि बढाउन पनि बुझाव दिइरहेको छ । चीनको संवेनदशील भूभाग तिब्बतसँग जोडिएको मुलुक नेपाल हाे । सीले नेपाल भ्रमण र त्यसपछि चिनियाँ उच्च अधिकारीहरूको पटक–पटकको आवतजावतमा समेत तिब्बत मामिलामा चीनको महत्त्वपूर्ण चासो रहेको देखिन्छ ।चीनले पछिल्लो समय बीआरआई कसरी अघि बढाउने भन्ने गृहकार्य गरिरहेको छ । यसैबीचमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) अघि ल्याएको छ । सीले अब यी संयन्त्रलाई कसरी अघि बढाउँछन् भन्ने महत्त्वपूर्ण हुन्छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस