विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) अर्घाखाँचीमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) अर्घाखाँचीमा प्रवेश गरेका प्रवेश गरेका छन् । नेकपा(मसाल), नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) बाट कमरेड नवीन हौजाली मगर, कमरेड कृष्ण अधिकारि र कमरेड सोभाकर अधिकारी पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) अर्घाखाँचीमा प्रवेश गरेका छन् । उक्त पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला सम्पर्क कार्यलय समेत सन्धिखर्कमा स्थापना गरिएको छ । उक्त पार्टी प्रवेश कार्यक्रम र कार्यलय उद्धघाटन प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज लालबहादुर बिसि “सार्दुल” ले गर्नु भएको थियोे पार्टी प्रवेश कार्यक्रमकाे अध्यक्षता अर्घाखाँची जिल्ला संयाेजक नवीन खड्का “बारुद”ले गर्नु भएको थियो । भने अखिल(क्रान्तिकारी) काे जिल्ला सम्पर्क कार्यलय उद्धघाटनकाे कार्यक्रम उक्त संगठनका अध्यक्ष पदम नेपालीको अध्यक्षता , सहसचिब कुमार नेपालीको स्वागत मन्तब्य र कोषाध्यक्ष सुरज विकको संचालनमा सम्पन्न भएको थियोे ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस