
तनहुँमा दुई हाेटललाई बढी शुल्क लिएकाे भेटिए पछि कार्वाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु ४,००,००० अक्षरुपि चार लाख जरीवाना गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित व्यास ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई/दुई लाखका दरले जरीवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।
मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भएकाेले दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाखका दरले जरीवाना गरिएको छ ।