
मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताकै दिनबाट नेकपा (बहुमत)सहित चार कम्युनिस्ट पार्टीले निर्वाचन अवज्ञा/बहिस्कार आन्दोलनको थालनी गरेका छन् । पूर्वघोषित कार्यक्रम अनुसार चार कम्युनिस्ट पार्टीले २३ असोज (अाज) चितवनमा विशाल अवज्ञा/बहिस्कारसभाको आयोजना गरेका छन् । निर्वाचन अवज्ञा/बहिस्कारसभालाई चारवटै पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चार कम्युनिस्ट पार्टीले जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी योभन्दा अग्रगामी व्यवस्थाको पक्षमा नेपाली जनता उभिएको तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले स्पष्टरुपमा बुझ्ने गरी बहिष्कार/अवज्ञाको कार्यक्रमलाई सफल पार्न परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान समेत गरेका छन् ।
चार कम्युनिस्ट पार्टीले २०७९ असोज २३ गते – चितवन, २०७९ असोज २५ गते – जनकपुर, २०७९ असोज ३१ गते – विराटनगर, २०७९ कात्तिक २ गते – पोखरा, २०७९ कात्तिक ४ गते – बुटवल, २०७९ कात्तिक १७ गते – सुर्खेत, २०७९ कात्तिक १९ गते – धनगढी, २०७९ कात्तिक २३ गते – काठमाडौंमा निर्वाचन अवज्ञा/बहिस्कार कार्यक्रम गर्ने घोषणा एक वक्तव्यमार्फत् गरेका थिए ।