नेकपा(बहुमत) पाल्पा जिल्ला समितिकाे तेस्रो पुर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) पाल्पा जिल्ला समितिकाे बैठक सम्पन्न गरेको छ । बैठकमा भदौ १ बाट संचालित राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियानकाे समिक्षा गर्दै केन्द्रीय समितिकाे तेस्रो बैठकद्धारा पारित राजनीतिक कार्यक्रमलाई तदारुकताका साथ कार्यवन्यन गर्दै निर्यण गर्दै सम्पन्न भएको जानकारी कार्यलय सचिव विक्रमले जानकारी दिए । उनले जिल्लामा पार्टी पुर्नरगठन देखि अहिलेसम्म अाउदा जिल्लामा क्रान्तिकारी पार्टीका रुपमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) रहेको,मिटर व्याजि,सुदखाेर,लघुवित्तबाट पिडित जनताको पक्षमा अावाज बुलन्द गर्दै संघर्ष केन्द्रित गर्न सफल रहेको,सुराकीहरुलाई न्याय विभाग द्धारा ख बनाउन सफल रहेको,युवा,विद्यार्थी,महिला,किसान,पत्रकार,बुद्धिजीवी,कर्मचारी,शिक्षक,अधिवक्ता लगायतहरू पार्टीको अान्दोलन वरिपरि संगठित,छलफल र बहसको केन्द्रमा अाई पुग्न सफल रहेको निष्कर्ष बैठकले निकालेकाे समेत बताएका छन् । उनलेे अभियानबारे जानकारी दिदै भने जनजागरण अभियान क्रममा मात्रै विद्यार्थी कमिटी नयाँ छब्बीस वटा,पार्टी प्रवेश एमाले र काँग्रेस गरि तीन जना,हाते माईकिङ्ग काेणसभा बीस वटा,सात वटा नयाँ पार्टी सेल कमिटी,जनजागरणकाे हाते पर्चा वितरण सात सय प्रन्ध वटा वितरण,नयाँ पिढि भेटघाट पचास वटा,पत्रकार,विद्यार्थी,युवा,किसानहरुकाे कार्यलय बैठक समेत सम्पन्न भएको छ ।

नेकपा(बहुमत) पाल्पा जिल्ला समितिकाे उक्त बैठकले तेस्रो केन्द्रीय समितिकाे बैठकका निर्यणहरु अाम जनताको बिचमा पुर्याउन पाल्पा जिल्लालाई दुई क्षेत्रमा विभाजन गरि चारवटा जनभेटघाट तथा जनपरिचालन समिति पनि निर्माण गरेको छ । यस्तै अासन्न मंसिर ४ गते हुने संघ र केन्द्रकाे निर्वाचनलाई व्यापक रुपमा अवज्ञा गर्ने समेत निर्यण गरेको छ । यहीँ कार्तिक चार गते वुटवलमा हुन गईरहेकाे चार पार्टीको संयुक्त चुनाव अवज्ञा सभालाई सफल बनाउन पाल्पा जिल्लाबाट व्यापक रुपमा सहभागी हुदै सफल बनाउन लाग्ने निर्यण समेत गरेको छ । बैठकमा नेकपा(बहुमत) का नवाैं महाधिवेशन अायाेजक समिति सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज कमरेड मिलनकाे प्रमुख अाथित्वतामा र बैठकको संचालन तथा अध्यक्ष संयाेजक दिग्दर्शनले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस