
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भदौ २६ गतेदेखि सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सरकारले संसदीय चुनाव घोषणा गरेको अवस्थामा सम्पन्न नेकपा(बहुमत)को वैठकले संसदीय चुनाव केवल व्यक्तिहरू चुनाव लड्ने, जित्ने, जनतामा भ्रम उत्पन्न हुने र जनतालाई सत्ताविरुद्धको आन्दोलनबाट विमुख बनाउने काम भइराखेको भन्दै चुनाव अवज्ञा गर्ने निर्णय गरेको छ । रुपन्देहीको खैरेनिमा सम्पन्न भएको वैठकका थप निर्णयहरु सार्वजनिक गर्न भाेलि असोज १ गते काठमाडौँमा पत्रकार सम्मेलन गर्ने नेकपा(बहुमत)ले जनाएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार