
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति पाल्पाले तत्कालीन जनयुद्धका रुढगाईडर तथा ईमानदार क्रान्तिकारी नेता कमरेड विजयलाई उपचारका लागि सहयोग गरेको छ । पाल्पा स्थित भज्याङ्ग घर रहनु भएका साेम बहादुर सार्की कमरेड विजय यहीँ भदौ १ गते युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारार्थ हुनुहुन्छ । उहाँको निमाेनिया भई फाेक्साेमा पानी जमेपछि उक्त पानी फाल्न अप्रेसन गरि अहिले मेडिकल वार्ड राखि उपचार भईरहेकाे छ । उहाँ तत्कालीन नेकपा(माअाेवादि) संचालन गरेको महान माअाेवादि जनयुद्धमा २०५८ पुस देखि निरन्तर अहिलेसम्म अग्रगमन र परिवर्तनको पक्षमा लागि रहनु भएको ईमानदार असल क्रान्तिकारी कम्युनिस्ट याेद्धा हुनुहुन्छ । अाज उक्त जनयुद्धमा सामेल भएर अहिलेसम्म क्रान्तिका पक्षमा उभिनु भएका कमरेड विजयलाई सारा दिने काेहि भएको छैन् । तत्कालीन जनयुद्धकाे नेतृत्वको पार्टी नेकपा माअाेवादि देखि विप्लव नेकपा सम्म अाउदा कसैले वास्ता नगरेको उहाकि श्रीमती कालिमायाले बताउनुभयो । याे कुराकाे जानकारी पाउन साथ नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति संयाेजक कमरेड दिग्दर्शन र साे पार्टीको सहायक संगठन युवा जनस्वयम सेवकका केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक माेहन निवाङकाे टाेलिले अस्पताल मै पुगेर रु १०,००० /- अक्षरुपि दस हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण गर्दै संयाेजक दिग्दर्शनले जनयुद्ध लडेका माअाेवादि कम्युनिस्ट क्रान्तिकारी याेद्धाहरुकाे साहारा अहिले काेहि नभएको सुन्दा दुख लागेको भन्दै उहाँले अाफुहरुले सकेको साथ सहयोग गर्ने थप प्रतिबद्धता समेत व्यक्त गर्नु भयो साथै उहाँले अाफ्नाे पार्टीले माअाेवादि क्रान्तिकारी कम्युनिस्ट याेद्धाकाे संरक्षण गर्न भरपुर लाग्ने समेत बताउनुभयो ।
जनयुद्धका याेद्धा बिजयकाे अहिले घरमा काेहि पनि नभएको र सहयोग कसैले नगरेको हुँदा उहाँको उपचार खर्च र खाना खर्च पनि सकिएको छ । पाँच दिन अगाडिबाट खाना खर्च सकिएपछि अस्पतालमा अन्य विरामि लिएर अाउने कुरुवाहरुले धाेरै धाेरै खानाको लागि सहयोग गरिरहेका छन् ।