नवलपुर र नवलपरासीमा नेकपा(बहुमत)काे जनजागरण अभियान उद्धघाटन सम्पन्न 

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) नवलपुर जिल्ला र नवलपरासी जिल्लाकाे संयुक्त अभियान उद्धघाटन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत)काे पुर्वघाेषित कार्यक्रम अनुसार “राष्ट्रिय जनजागरण अभियान २०७९” अहिले देशै भरि संचालन भईरहेकाे सन्दर्भ यस अभियान नवलपुर र नवलपरासी जिल्लामा पनि संयुक्त रुपमा उद्धघाटन गरिएको हाे । अभियान उद्धघाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय सल्लाहकार सदस्य विस्वासले विद्यमान नवअाैपवेशिक दलाल नाेक्करशाहि पुँजीवादि व्यवस्थाका विरुद्धमा राष्ट्रिय जनजागरण अभियान संचालन गरि स्वाधीन सरकार निर्माण गर्ने बताउनुभयो । उहाँले शान्ति र समृद्धिका लागि अहिलेकाे अस्थिर सरकार संसदीय व्यवस्था अन्त्य गरेरमात्रै स्थायी शान्ति प्राप्त सकिने समेत जिकिर गर्नु भयो । यस्तै अभियानमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला ईन्चार्ज बन्दना,नवलपरासी ईन्चार्ज शितल,युवा जनस्वयम् सेवक कि केन्द्रीय सचिवालय सदस्य राेसनि लगायतको अातिथ्यता रहेको थियो भने अभियान उद्घघाटनकाे कार्यक्रम संचालन विशालले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस