
सरकारले साउन ६ गते सदनबाट राष्ट्रघाति नागरिकता विधेयक पास गरेपछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अान्दोलित बनेको थियो । उक्त पार्टीले चरणबद्ध अान्दोलनकाे घाेषणा गर्दै राष्ट्रपति बिद्यादेवि भण्डारी देखि प्रधानमन्त्री शेरबहादुर देउवा सम्मलाई ज्ञापनपत्र बुझाएर सडक देखि सरकार सम्म पुगेर पेचिलाे संघर्ष गरिरहेकाे थियोे । उक्त पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत) कै पेचिलाे संघर्षकाे परिणाम राष्ट्रपति बिद्यादेवि भण्डारीले हिजो नागरिकता विधेयक फिर्ता गरिदिनु भएको छ । हिजो राष्ट्र पतिको कार्यलयबाट एक विज्ञप्ति जारी गरि उहाँले फिर्ता पठाउनु भएको छ । नागरिकता विधेयकका बिषयमा सर्वत्र विरोध भएता पनि परिणाम संघर्ष सहित राष्ट्रपतिकाे कार्यलयमै पुगेर नागरिकता विधेयक फिर्ता लिन भन्दै ज्ञापनपत्र बुझाउन नेपाल कम्युनिस्ट पार्टी(बहुमत),नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माअाेवादि) लगायत छ दल साउन १७ गते पुगेका थिए । अहिले उक्त पार्टी सहित उसका साहायक र जनवर्गीय संगठनहरुले नागरिकता विधेयक फिर्ता मात्रै नभएर पुर्ण कार्यवन्यनकाे माग समेत गरि रहेका छन् । नागरिकता विधेयक फिर्ता लिन दिएको ज्ञापनपत्र
हिजो राष्ट्रपतिकाे कार्यलयबाट राष्ट्रघाति नागरिकता विधेयक फिर्ता लिएको जानकारी सहित जारी गरेको विज्ञप्ति
“विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।
२०७९ साल साउन २९ गते आइतबार”नागरिकता विधेयक फिर्ता लिन माग गर्दै नेकपा(बहुमत) का केन्द्रीय सचिवालय सदस्य गुणराज लाेहाेनि सहितकाे संयुक्त दलले राष्ट्रपति बिद्यादेवि भण्डारीलाई राष्ट्रपति कै कार्यलयमा ज्ञापनपत्र बुझाउदै गरेको तस्बिर
नागरिकता विधेयकका विरुद्धमा प्रदर्शन गर्दै नेकपा(बहुमत) सहित संयुक्त दल र उनका सहायक र जनवर्गीय संगठनहरु